रोल्पा, मंसिर ३ – बम बनाउन प्रयोग गरिने सामाग्रीसहित रोल्पाबाट प्रहरीले आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सदस्य धनबहादुर थापा विश्लेषण सहितका ५ जनालाई सुवर्णावती गाउँपालिका—५ क्वालीगाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थी जानकारी दिनुभयो । पक्राउ पर्ने अन्य कार्यकर्ताहरुमा वीरबहादुर वली, हिमलाल पुन, मिनराम विष्ट, खड्गबहादुर केसी र आइतराम वली रहेका छन् ।
उनीहरुको साथबाट रेडबुलका बट्टासहित ७ वटा क्यान बम फेला परेको प्रहरीले जनाएको छ । यस्तै रोल्पा नगरपालिका १० धबाङमा रहेको जिल्ला सदस्य विश्लेषणको घर तलासी गर्दा बम बनाउन प्रयोग हुने ४३ वटा सकेट फेला परेको पनि प्रहरीले जनाएको छ । चुनाव प्रचार प्रसारमा रहेका उम्मेदवारहरुमाथि शृङ्खलाबद्ध रुपमा आक्रमण हुन थालेपछि रोल्पामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
भोकै स्कुल आउने चेपाङ विद्यार्थीहरु लाई किताब बोक्ने झोला र ज्याकेट, कस्ले दीयो ?
नेपाली समाज ओस नर्वेले दियो चितवनका चेपाङ विद्यार्थीहरु लाई किताब बोक्ने झोला ... एक समय चितवनको भरतपुर मा लाखौं एमाले...