रुपन्देही र कपिलवस्तुको सीमामा पर्ने फायरलाइनमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ६४५९ नम्बरको ट्रक र सोही दिसा भएर पूर्वतर्फ आउँदै गरेको लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।ट्रकको टायरमा ढुङ्गा अड्किएपछि रोकेर त्यसलाई निकाल्दै गर्दा मोटरसाइकलले ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो । मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ पर्राेहा बस्ने केदारनाथ थारुको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?
महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...