मंसिर १७, २०७४-स्पेनिस लिग अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको अन्त्यतिर कप्तान सर्जियो रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएका थिए ।
अर्को खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्यो । विलियम जोसेको गोलमा पछाडि परेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल फर्कायो । उसका लागि फिलिप लुइस र एन्टोइन ग्रिज्मनले गोल गरे ।
अंक तालिकामा बार्सिलोनाको १४ खेलमा ३६ अंक छ । भ्यालेन्सिया १३ मा ३१, एट्लेटिको १४ मा ३० तथा रियल र सेभिया १४ मा २८ अंक बोकेर शीर्ष पाँच स्थानमा रहेका छन् ।