• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

रानीपोखरीमा फेरि ‘कंक्रिट’ निर्माण

४ पुष २०७४, मंगलवार ११:०३
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

४ पुष २०७४, मंगलवार ११:०३
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

४ पुष २०७४, मंगलवार ११:०३
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

४ पुष २०७४, मंगलवार ११:०३
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

४ पुष २०७४, मंगलवार ११:०३
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

४ पुष २०७४, मंगलवार ११:०३
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

४ पुष २०७४, मंगलवार ११:०३
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

४ पुष २०७४, मंगलवार ११:०३

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

४ पुष २०७४, मंगलवार ११:०३

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

४ पुष २०७४, मंगलवार ११:०३

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

४ पुष २०७४, मंगलवार ११:०३

करले होइन, रहरले गरिन्छ बिहे …

४ पुष २०७४, मंगलवार ११:०३

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

४ पुष २०७४, मंगलवार ११:०३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

रानीपोखरीमा फेरि ‘कंक्रिट’ निर्माण

by NewsDesk
४ पुष २०७४, मंगलवार ११:०३
in देश
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter
  • ऐनले आधुनिक निर्माण सामग्री प्रयोग गर्न दिंदैन । – पुरातत्त्वविद्
  • पहिला पनि कंक्रिट प्रयोग गरिएको थियो । त्यतिबेला किन नबोलेको ? – इन्जिनियर रेग्मी
  • पुराना मात्रै भनेर हुँदैन । नयाँ जे बन्यो त्यही संस्कृति हो ।– मेयर शाक्य
– दामोदर न्यौपाने, काठमाडौं

रानीपोखरीमा कंक्रिट पर्खाल लगाइँदै । तस्बिर : कान्तिपुर

पुस ४, २०७४-काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण सुरु गरेको छ । पोखरीको छेउमा पर्खाल निर्माण धमाधम छ । रोडा, सिमेन्टजस्ता परम्परागत सामग्री पोखरी वरिपरि थुपारिएका छन् । डोजरले खनिराखेका छन् । मिक्सरमा आधुनिक निर्माण सामग्री घोलिराखिएका छन् । काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मापदण्डविपरीत कंक्रिट प्रयोग गरेर बनाएपछि पुरातत्त्व विभागले भत्काउन डेढ वर्षअघि आदेश दिएको थियो ।

पुरातात्त्विक महत्त्वको सम्पदामा कंक्रिट प्रयोग भएपछि यसको सर्वसाधारणले विरोध गरेपछि पुरातत्त्व विभागले मापदण्डअनुसार बताउन निर्देशन दिएको थियो । महानगरले आफूसँग पुरातात्त्विक मान्यताअनुसार निर्माण गर्ने जनशक्ति र सामग्री नभएकाले बनाउन नसक्ने बताएपछि एक वर्षअघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्त्व विभागले गर्ने भएको थियो । पोखरी र बाहिरी भागको निर्माण भने महानगरले गर्ने सहमति भएको थियो ।

‘बालगोपालेश्वर मात्रै सम्पदा मानियो । रानीपाखरीलाई सम्पदा मानिएन,’ पुरातत्त्वविद् सुदर्शनराज तिवारीले भने, ‘डेढ वर्षपहिला हामीले पूरै रानीपोखरीमा पुरातात्त्विक मापदण्डअनुसार पुनर्निर्माण गर्नुपर्छ भनेर आन्दोलन गरेका हौं । त्यही आन्दोलनले मापदण्डविपरीत बालगोपालेश्वरको पुनर्निर्माण रोकियो । अहिले फेरि रानीपोखरीमा कंक्रिट मिसाइयो ।’

२०७३ सालको भाइटीकामा सम्पन्न गर्ने गरी २०७२ माघ २ गते यसको पुनर्निर्माण सुरु भएको थियो । यसको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । २०७३ वैशाखदेखि महानगरले पुनर्निर्माण थालेको थियो । महानगरले २०३२ सालमा पुनर्निर्माण गर्दा यहाँ कंक्रिट प्रयोग गरेकाले त्यहीअनुसार आफूले पनि प्रयोग गरेको बताएको थियो । ‘पहिला नै यहाँ वाटर फाउन्डेसन बनाइएको थियो । त्यतिबेला किन केही नबोलेको ?’ रानीपोखरी पुनर्निर्माणको अगुवाइ गरिरहेका महानगरका इन्जिनियर उत्तरकुमार रेग्मी भन्छन्, ‘यतिबेला भनेर हुन्छ ?’

विगतको गल्तीबाट पाठ सिकेर अब राम्रो काम गर्न स्थानीयवासीले माग गर्दै आएका छन् । ‘हामी बलियो बनाउने नाममा सम्पदा मासिन दिंदैनौं,’ सम्पदा जोगाउन अभियान चलाइरहेका आलोकसिद्धि तुलाधर भन्छन्, ‘पहिला जस्तो थियो, त्यस्तै बन्नुपर्छ । मापदण्डविपरीत गए हामी फेरि आन्दोलनमा उत्रिन्छौं ।’

रानीपोखरीलाई महानगरले म्युजिकल वाटर फाउन्डेसन पार्कका रूपमा विकसित गर्ने योजनासहित काम अघि बढाएको छ । रानीपोखरीको छेउमा बस्नका लागि पार्कसमेत निर्माण गर्ने महानगरको लक्ष्य छ । यहाँ आउने पर्यटकका लागि टिकट काटेर घुम्ने व्यवस्थासमेत गरिने महानगरले जनाएको छ । यसलाई साँझमा घुम्ने पार्कको रूपमा विकसित गरिने महानगरको योजना छ । गार्डेेन, घुम्न दुईवटा बाटा, कफी सपलगायत संरचना बन्नेछन् । पार्कमा आकर्षक लाइटको पनि व्यवस्था हुनेछ । पोखरीवरिपरिको क्षेत्रमा पनि विभिन्न रंगका लाइट राख्ने योजना छ । रंगीन फाहोरासमेत फालिनेछ । यहाँबाट दैनिक १ लाख रुपैयाँ आम्दानी गर्ने महानगरको योजना छ ।

रानीपोखरीभित्रको संरचना र बाहिरी संरचना गरी दुई तहमा काम भइरहेको थियो । भित्री संरचना निर्माणमा महानगरले पुरातात्त्विक मापदण्डविपरीत काम गरेपछि उसलाई बाहिरी संरचनाको मात्रै कामको जिम्मेवारी दिइएको हो । बाहिरी संरचना निर्माण गर्दा पनि मापदण्ड मिचिएकाले यसलाई रोक्न सर्वसाधारणले माग गरेका हुन् । ‘यसको निर्माण मैले जित्नुभन्दा पहिला नै भएको हो । त्यतिबेलाको कामलाई निरन्तरता दिएको हो,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘के भएको सबै प्राविधक कुरा मलाई पनि थाहा छैन । मैले काम छिटो सुरु गर मात्रै भनेको हुँ । कसरी बनेको छ, त्यसबारे म बुझ्छु । तर हामीले पुराना कुरा मात्रै भनेर हुँदैन । जे बन्दै जान्छ, त्यही संस्कृति हुन्छ । बाउ–बाजेले जे गरेका थिए त्यही गर्छु भनेर हुँदैन । परिवर्तनलाई स्वीकार गर्नुपर्छ । नयाँ कुरालाई स्वीकार गर्नुपर्छ ।’

रानीपोखरीलाई शोकको प्रतीकको रूपमा पनि लिने गरिन्छ । यसलाई नेवारी भाषामा न्हुहु पुखु भनेर चिनिन्थ्यो पहिला । नेवारी भाषामा न्हुहु पुखु भनेको नयाँपोखरी हो । यसले बिस्तारै रानीपोखरीको रूपमा चर्चा पाउन थालेको हो । प्रताप मल्लले आफ्ना दुई रानीको सम्झनामा सालिकसमेत राख्न लगाए । आफ्नो दरबारअगाडि दुई रानी रूपमती र राजमतीको सम्झनामा कृष्ण मन्दिर पनि बनाए । त्यहाँ रुक्मिणी, सत्यभामा र वंशगोपालको मूर्ति राख्न लगाए । रानीपोखरीसँग भावनात्मक साइनो छ । यहाँ तिहारमा भाइटीका लगाइन्छ । यमलेश्वर महादेवको मन्दिर भाइटीकाको दिनमा मात्रै खुल्छ । नेवार समुदायका प्रताप मल्लले आफ्ना अर्का दुई रानी अनन्तप्रिया र प्रभावतीको सालिक, ५ छोरा भूपालेन्द्र, नृपेन्द्र, पार्थिवेन्द्र, महीपतेन्द्र, चक्रवर्तेन्दका सालिक पनि राख्न लगाए । आफ्नो सालिक पनि राखे । यी सालिकमध्ये केही अझै हनुमानढोका दरबारमा देखिन्छन् । यो पोखरी स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षण केन्द्र थियो । पोखरीमा ४ वटा स्टेप छन् । २२ फिट ४ इन्चको पोखरीबाट मन्दिरसम्म पुग्न पश्चिमतिरबाट पुल निर्माण गरिएको थियो । यहाँ माछा पौडिरहेका दृश्य आकर्षक देखिन्थे । अहिले पोखरीका झन्डै ५ सय माछा बालाजु उद्यानमा सारिएको छ । पोखरीको निर्माण गरेपछि सफाइ गरिएको छ । यो मन्दिरसँग भाइटीकाको संस्कृति पनि जोडिएको छ । केही वर्षयता तराईको ठूलो पर्व छठसँग पनि जोडिएको छ । केही वर्षयता राजधानी बस्ने तराईवासी हिन्दुहरू यही पोखरी किनारामा छठी माईको पूजा गर्छन् । भुइँचालोले संरचना भत्काएपछि यहाँ यो वर्ष यी दुवै संस्कृति रोकिए । विसं १७२७ मा बनेको रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर महादेव मन्दिर भुइँचालोले क्षतिग्रस्त बनाएको थियो । करिब ११ करोड रुपैयाँ खर्च गरेर महानगरले यसको पुनर्निर्माण गर्ने योजना बनाएको हो । पोखरीको बीचभागमा शिवलिंग, महिषाशुर मर्दिनीको प्रतिमा राखिएको छ ।

गुम्बज शैलीको यो मन्दिर बनाउन इँटाको गारो र त्यसलाई जोड्न चुना, सुर्की (इँटाको धूलो), मासको दाललगायत प्रयोग भएको छ । अहिलेजस्तो रड, सिमेन्टको आविष्कार नभएकाले सबै प्राचीन मन्दिर, घर, दरबार बनाउन यही सामान प्रयोग हुन्थे । ‘पुनर्निर्माणका नाममा यी पुरातात्त्विक महत्त्व नास गर्न पाइँदैन,’ मानन्धर भन्छन् । संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार रानीपोखरी तान्त्रिक विधिअनुसार बनाइएको हो । यहाँ पानी भर्न पनि तान्त्रिक विधि अपनाइनुपर्ने उनी बताउँछन् । बज्राचार्यका अनुसार प्रताप मल्ल धार्मिक स्वभावका थिए । उनी सबै धर्मलाई समान महत्त्व दिन्थे । यिनले हिन्दुका मठमन्दिर, देवालय बनाए । बौद्धका चैत्य, गुम्बालगायत निर्माण, जीर्णाेद्धार गर्न लगाए । तर यिनको विशेष झुकावचाहिं हिन्दु र त्यसमा पनि तान्त्रिक परम्परामा बढी थियो । उनले हिन्दु र बौद्ध धर्मका तान्त्रिकलाई विशेष सम्मान गर्थे ।

उनको दरबारमा शैव, हिन्दु, बौद्ध धर्मका तान्त्रिकलाई सम्मानका साथ राखेका थिए । भारतबाट झिकाइएका तान्त्रिकसमेत थिए उनका दरबारमा । शैव तान्त्रिक गुरु ज्ञानानन्द, बौद्ध तान्त्रिक जामुना गुभाजु उनका दरबारमा सम्मानका साथ राखिएका थिए । जामुना गुभाजुले तान्त्रिक चमत्कार गर्ने गरेका लोकोक्ति नेवारी समुदायमा अझै पाइने इतिहासकार बताउँछन् ।

http://kantipur.ekantipur.com/news/2017-12-19/20171219074534.html

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

by NewsDesk
४ पुष २०७४, मंगलवार ११:०३
0

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

by NewsDesk
४ पुष २०७४, मंगलवार ११:०३
0

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
४ पुष २०७४, मंगलवार ११:०३
0

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
४ पुष २०७४, मंगलवार ११:०३
0

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

४ पुष २०७४, मंगलवार ११:०३
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

४ पुष २०७४, मंगलवार ११:०३
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

४ पुष २०७४, मंगलवार ११:०३

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

४ पुष २०७४, मंगलवार ११:०३
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

४ पुष २०७४, मंगलवार ११:०३
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

४ पुष २०७४, मंगलवार ११:०३
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?