• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

यी महिला उम्मेदवार जसले प्रत्यक्षमा जिते

२५ मंसिर २०७४, सोमबार १६:३६
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२५ मंसिर २०७४, सोमबार १६:३६
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२५ मंसिर २०७४, सोमबार १६:३६
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२५ मंसिर २०७४, सोमबार १६:३६
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२५ मंसिर २०७४, सोमबार १६:३६
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२५ मंसिर २०७४, सोमबार १६:३६

उपचुनावको परिणामले दिएको सन्देश !

२५ मंसिर २०७४, सोमबार १६:३६
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२५ मंसिर २०७४, सोमबार १६:३६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२५ मंसिर २०७४, सोमबार १६:३६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२५ मंसिर २०७४, सोमबार १६:३६
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२५ मंसिर २०७४, सोमबार १६:३६
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२५ मंसिर २०७४, सोमबार १६:३६
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२५ मंसिर २०७४, सोमबार १६:३६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home राजनीति

यी महिला उम्मेदवार जसले प्रत्यक्षमा जिते

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १६:३६
in राजनीति
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

 प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् ।

नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित हुनुभएको छ । निर्वाचित सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

रोका पूर्वी रुकुम, भुसाल ललितपुर ३, पौडेल प्यूठान, निरौला झापा २ र मगर कञ्चनपुर १ बाट निर्वाचित हुनुभएको हो ।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको चुनावमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका थिए ।

प्रमुख राजनीतिक दलले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १८ जनालाई मात्रै उम्मेदवार बनाएको थियो । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामध्ये भुसाल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता हुनुहुन्छ । मगर र रोका भने सो पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । पौडेल जनमोर्चा नेपालका उपाध्यक्ष, पौडेल झापा एमालेका नेता हुनुहुन्छ ।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसले दुई र माओवादी केन्द्रले एक गरी जम्मा तीनजना मात्रै महिला उम्मेदवार बनाएको थियो । यसमध्ये पूर्वी रुकुमबाट माओवादी केन्द्रका उम्मेदवार रोका १० हजार ४३४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने चुनावमा प्रमुख तीन दलबाट १५ जना महिलाले बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका थिए ।

दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सातजना, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीनजना महिलाको उम्मेदवारी परेको थियो ।

यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी (डिना) उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ । उहाँहरु सबै पराजित हुनुभएको छ ।

यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको थियो । खरेल विजयी भइसक्नु भएको छ ।

वामगठन्धनकी साझा उम्मेदवार मञ्जु ५४८ मतान्तरले मात्रै पराजित हुनुभयो । विजयी डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गर्नुभएको छ । मञ्जुले ३२ हजार ५९४ मत प्राप्त गर्नुभयो ।

सुनसरी ३ बाट वामगठबन्धका उम्मेदवार भगवती अहिले पनि काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले हालसम्म २६ हजार २१९ मत प्राप्त गर्नुभएको छ । गच्छदारले २५ हजार ६२० मत ल्याउनु भएको छ । अझै २० हजार मत गन्न बाँकी रहेकाले भगवतिको विजय हुने सम्भावना भने बाँकी नै रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर–३ बाट भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट मगरलाई उम्मेदवार बनाएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनु भएका अर्याल पराजित हुनुभएको छ ।

तीमध्ये कैलाली–१ मा महिला महिला उम्मेदवारबिच नै रोचक प्रतिस्पर्धा हुने ठानिएपनि त्यस्तो हुन सकेन । त्यस क्षेत्रमा काँंग्रेसका तर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनको तर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिनुभएको थियो । यसअघि समानुपातिकबाट सांसद रहनुभएका दुवै जना प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको थियो । तर दुवै उम्मेदवार राजपाका उम्मेदवार रेशम चौधरीभन्दा धेरै पछाडि हुनुहुन्छ ।

पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने चुनावमा कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ–१ बाट चम्पादेवी खड्का तथा माओवादीकी रोका पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको थियो । त्यसमध्ये रोकाले मात्रै विजयको झण्डा पहराउनुभयो ।

समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी कांगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका थिए ।

संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।

ललितपुर–३ बाट विजयी माओवादी केन्द्रकी प्रवक्तासमेत रहनुभएकी भुसालले आफूलाई ललितपुरका जनताले विश्वास गरेको र वामगठन्धनलाई चुनौतीसहितको जिम्मेवारी दिएको बताउनुहुन्छ । यसअघि पनि विसं २०६४ को संविधानसभा चुनावमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण विजयी भएको उल्लेख गर्नुभयो ।

उहाँले काँग्रेसका उम्मेदवार मदन अमात्यलाई पराजित गर्नुभयो । भुसालले २४ हजार ३६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी अमात्यले २२ हजार ३२९ मत प्राप्त गर्नुभयो । जितले आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिएकाले जिम्मेवारी पनि दिएको बताउनुभयो ।

महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने देखिएको उहाँको भनाइ छ ।

मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डीना) पराजित हुनुभयो । उहाँ एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित हुनुभयो । खतिवडाले ४४ हजार ७४४ मत प्राप्त गरेर विजय प्राप्त गर्दा उपाध्यायले ३२ हजार ५५८ मत प्राप्त गर्नुभयो ।

कञ्चनपुरबाट मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी हुनुभयो । उहाँले मगरले ३८ हजार ४६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २४८ बढी मत पाएकी छन् । माओवादी केन्द्रका उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुनुहुन्छ ।

निर्वाचन प्रचार÷प्रसारको समयमा उहाँका पति प्रकाश दाहालको असामयिक निधन भएपछि शोकमा पर्नुभएका मगरले आफूलाई कञ्चनपुरका जनताले जिताएर न्याय गरेको प्रतिक्रिया दिनुभयो । उहाँले सबै मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्नुपर्नेमा वाम गठबन्धनका उम्मेदवार एकमत रहेको नवनिर्वाचित सांसद मगरले बताउनुभयो । ‘संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय मेरा लागि प्रमुख हुने छन्’ उहाँले भन्नुभयो ।

‘हालसम्म विकासको अनुभूति गर्न नपाएको दुर्गम क्षेत्रको सेवा गर्ने मेरो संकल्प र विकास भएको देख्ने मतदाताको चाहना मेल खाएकै कारण मैले यतिधेरै मत पाएकी हुँ,’ उहाँले भन्नुभयो ‘यतिधेरै मतदाताको विश्वास र साथ मेरा लागि एकातिर अवसर हो भने अर्काेतिर चुनौति पनि । तर, म आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर खटिने प्रतिवद्धता जाहेर गर्दछु ।’

पूर्वी रुकुमबाट निर्वाचित रोकाले पनि जनताले दिएको अवसरलाई बढी भन्दा बढी सदुपयोग गरेर अगाडि बढ्ने बताउनुभएको छ । उता प्यूठानबाट विजयी पौडेलले ४७ हजार ५१५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी डा गोविन्दराज पोखरेलले ३१ हजार २८६ मत ल्याउनु भएको छ । नवनिर्वाचित सांसद पौडेलले आफूलाई विश्वास गरेर विजयी गराउने सम्पूर्ण मतदाता, वामगठबन्धन तथा प्यूठानका सम्पूर्ण जनताको हितमा सधै प्रतिवद्ध भएर काम गर्ने बताउनुभयो ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
२५ मंसिर २०७४, सोमबार १६:३६
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १६:३६
0

https://youtu.be/Kf6pAM2zGgg

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १६:३६
0

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको...

एमाले नेताले रामकुमारी झाक्रीलाई भोट माग्दै … के हुँदैछ गुल्मीमा ?

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १६:३६
0

नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२५ मंसिर २०७४, सोमबार १६:३६
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२५ मंसिर २०७४, सोमबार १६:३६
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२५ मंसिर २०७४, सोमबार १६:३६

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२५ मंसिर २०७४, सोमबार १६:३६
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२५ मंसिर २०७४, सोमबार १६:३६
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२५ मंसिर २०७४, सोमबार १६:३६
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?