चितवन । निकै चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर तीनको पछिल्लो मत अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार प्रचण्डले २९ हजार ८६४ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी रहेका राप्रपा प्रजातान्त्रिकका नेता पाण्डेले २२ हजार ३८१ मतसहित उनलाई पछ्याइरहेका छन् ।
दुईको मतान्तर ७ हजार ४८३ रहेको छ ।
चितवन १ र २ मा बाम गठबन्धनका उम्मेदवार विजयी बनिसकेका छन् ।