पर्वत : म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को मतगणना सकिएको छ। धौलागिरि, मालिका र मंगला गाउँपालिका समावेश भएको क्षेत्र ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी भएकी छन्। वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले २८ सय ७१ मत अन्तरले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन्। मत परिणामअनुसार एमालेकी पुनले १० हजार ८ सय ७१ र कांग्रेसका फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन्। संविधानसभाको निर्वाचन २०७० मा समानुपातिक सांसद बनेकी ४७ वर्षीया पुन एमाले अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी थिइन्। समाजशास्त्र र राजनीतिमा स्नाकोत्तर गरेकी पुन २०६४ को पहिलो संबिधानसभा निर्वाचनमा माओवादीका गोविन्द पौडेल र २०५६ को संसदीय निर्वाचनमा कांग्रेसका नारायणसिङ पुनसँग पराजित बनेकी थिइन्। शिक्षकको स्थाई जागिर छाडेर राजनीतिमा होमिएकी पुन म्याग्दीको संघर्षशील महिला नेत्री मानिन्छिन्। यसैबीच, म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र ‘क’ मा पनि वाम गठबन्धनका उम्मेद्वारहरु नै अगाडि छन्।
Read more at: http://thahakhabar.com/news/27819
Read more at: http://thahakhabar.com/news/27819