• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

मूलधार बन्दै दूर शिक्षा

१९ मंसिर २०७४, मंगलवार १०:३०
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार १०:३०
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ मंसिर २०७४, मंगलवार १०:३०
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ मंसिर २०७४, मंगलवार १०:३०
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ मंसिर २०७४, मंगलवार १०:३०
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ मंसिर २०७४, मंगलवार १०:३०

उपचुनावको परिणामले दिएको सन्देश !

१९ मंसिर २०७४, मंगलवार १०:३०
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१९ मंसिर २०७४, मंगलवार १०:३०

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१९ मंसिर २०७४, मंगलवार १०:३०
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १०:३०
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार १०:३०
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार १०:३०
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ मंसिर २०७४, मंगलवार १०:३०
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

मूलधार बन्दै दूर शिक्षा

by NewsDesk
१९ मंसिर २०७४, मंगलवार १०:३०
in देश, शिक्षा, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter
  • औपचारिक शिक्षा नपाएको जीवनमा आयो परिवर्तन
– हरि गौतम, रुकुम

दूरशिक्षा तथा खुला सिकाइअन्तर्गत खुला विद्यालय सञ्चालन भइरहेको रुकुमको शीतल मावि चौरजहारीको भवन । तस्बिर : हरि/कान्तिपुर

मंसिर १९, २०७४-चौरजहारी नगरपालिकाकी उपप्रमुख राधा रोका त्यसअघि सामान्य गृहणि थिइन् । विविध कारणवश औपचारिक शिक्षा लिन नपाएकी उनी घरगृहस्थीमा मात्रै सीमित हुनुपरेको थियो । जिल्लामै दूरशिक्षा तथा खुला सिकाइका लागि विद्यालय सुरु भयो, त्यसपछि उनले यसको सदुपयोग गरिन् । चौरजहारी नगरपालिका २, शीतल माविमा खुला विद्यालय सुरु भएपछि उनी शिक्षाको मूलधारा आइन् । सानोमा धेरै पढ्न नपाएकी रोकालाई खुला विद्यालयबाट एसएलसी पास गरेपछि त्यसपछिको कक्षा पढ्न सजिलो भयो ।

     औपचारिक पढाइको बिट मारिसकेकी उनलाई खुला विद्यालयले ठूलो सहयोग गर्‍यो । यसैबाट आफूले थप शिक्षा लिन पाएको उनी बताउँछिन् । ‘विभिन्न कारणले औपचारिक शिक्षाबाट अलग रहेकी म खुला विद्यालयबाट शिक्षाको मूलधारमा आएँ,’ उनले भनिन्, ‘यसपछि अन्य गतिविधि गर्न पनि सजिलो भयो ।’ खुला विद्यालयबाट एलएलसी पास गरेर थप कक्षा पढ्न थालेपछि राजनीतिक सक्रियता बढाएको र त्यसकै कारण आफू नगरपालिकाको उपप्रमुख भएको उनको भनाइ छ ।

शीतल मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बस्नेतको यो हैसियत पनि सोही विद्यालयले नै बनाइदिएको हो । घरायसी र आर्थिक कारणले औपचारिक शिक्षा लिनबाट वञ्चित बस्नेतले पनि खुला विद्यालयबाट एसएलसी पास गरे । ५ वर्षअघि सोही दूरशिक्षा तथा खुला सिकाइअन्तर्गत एसएलसी गरेका बस्नेतले १२ कक्षा पनि पास गरिसकेका छन् ।

हाल सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने हैसियत यसैले बनाइदिएको बस्नेत बताउँछन् । ‘मैले फेरि यसरी आईए पास गरुला भन्ने कहिल्यै सोचेको थिइनँ,’ उनले भने, ‘खुला विद्यालय सुरुपछि एसएलसी गरेर आईए पनि गर्न सकेँ ।’ खुला विद्यालयबाट एसएलसी गरेकै कारण आफू शीतल माविको अध्यक्षसम्म बन्न सकेको उनको भनाइ छ । नत्र अध्यक्ष हुन सक्ने हैसियत हुने थिएन ।

९ वर्षअघि जिल्लामा सुरु भएको खुला विद्यालयको उपज रोका र बस्नेतमात्रै होइनन् । विद्यालयबाट ८ वटा व्याचले परीक्षा दिइसक्दासम्म ४ सय ८ जनाले एसएलसी गरेका छन् । आगामी चैतमा नवौं व्याचले खुला विद्यालयबाट एसइई दिँदै छ । ०६६ देखि सुरुउक्त विद्यालयमा भर्ना भएका ७ सय ४१ मध्ये ५५ प्रतिशत अर्थात् ४ सय ८ ले एसएलसी तथा एसइई गरिसकेको प्रध्यानाध्यापक गणेशप्रसाद रिजालले बताए । यसबाट एसएलसी गरेका सबै शिक्षाको मूलधारमा आएको उनको भनाइ छ ।

औपचारिक शिक्षाबाट वञ्चित भएकाको पूर्व शैक्षिक अनुभवका आधारमा परीक्षा लिइने भन्दै उनले खुला विद्यालयबाट एसएलसी गरेकाले राम्रो गरिरहेको बताए । भौगोलिक विकटता, आर्थिक अभाव, समय अभाव, उमेरलगायत कारणले पढाइ छुटेकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित सुरु गरिएको खुला विद्यालय उद्देश्यमा लम्किरहेको भनाइ उनको छ । ‘खुला विद्यालयमा भर्ना हुने र अन्य विद्यार्थीको परीक्षा एउटै हुन्छ, प्रश्न एउटै हुन्छ, परीक्षा समय एउटै हुन्छ र पनि राम्रै गरिरहेका छन्,’ प्रअ रिजालले भने, ‘खुला विद्यालयले धेरैलाई थप अवसर सृजना गरिदिएको छ ।’

खुला विद्यालय भर्ना हुनेको पढाइ वर्षमा ३५ दिनमात्रै हुने गर्दछ । उनीहरूलाई ७ वटा सम्पर्क कक्षामा राखेर पढाउने गरिन्छ । वर्षमा ७ पटक सञ्चालन हुने सम्पर्क कक्षा प्रत्येकपटक ५ दिन पढाइ गरिन्छ । उक्त अवधिमा विद्यार्थी आफैंले गरेको स्वअध्ययनका क्रममा आएका अप्ठ्यारा विषयमा छलफल हुन्छ । विषयगत रुपमै शिक्षकले खुला विद्यालयका अप्ठ्याराको सहजीकरण गर्ने गर्छन् । यस अवधिमा उनीहरूलाई गृहकार्य र परियोजनामा सहभागी गराइन्छ । गृहकार्य प्रत्येक विद्यार्थीले गर्नुपर्छ भने परियोजना कार्य सबै मिलेर समस्याको समाधान गर्ने हो । खुला विद्यालयबाट परीक्षा दिन रुकुमसहित जाजरकोट, सल्यान, दाङ, रोल्पा जिल्ला समेतबाट आउने गरेका छन् ।

http://kantipur.ekantipur.com/news/2017-12-05/20171205072451.html

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:३०
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:३०
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:३०
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:३०
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ मंसिर २०७४, मंगलवार १०:३०
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार १०:३०
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ मंसिर २०७४, मंगलवार १०:३०

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार १०:३०
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ मंसिर २०७४, मंगलवार १०:३०
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ मंसिर २०७४, मंगलवार १०:३०
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?