मंसिर २०, २०७४-काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा शंकास्पद वस्तु फेला परेको छ । गणेशस्थान नजिकै प्रेसर कुकुर देखिएको महानगरीय प्रहरी बालाजु वृत्तका एक अधिकृतले बताए । उनका अनुसार घटनास्थलमा सेनाको टोली पुगिसकेको छ ।
उनले भने, ‘स्थानीयमा त्रास फैलिएको छ । पुरानो कुकुर फालेको देखिएको छ । बम हो वा होइन भन्ने सेनाले हेर्दै छ ।’