गृहमन्त्री रामवहादुर थापा बादलले स्वतन्त्र मधेशका नाममा देश विखण्डन गर्ने गतिविधिप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् ।
संसदमा कतिपय सांसद र संसद बाहिर अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बर्दियाका राम मनोहर यादवको हिरासतमा मृत्युप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उनी नेपाल विखण्डनका अभियन्ता रहेको प्रष्ट पारेका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बादलले यादवको मृत्यु हृदयघातका कारण भएको र यसको थप अनुसन्धान सरकारले गरिरहेको बताए । उनले हिरातमा यातना दिएर मृत्यु भएको भन्ने आरोपको खण्डन गर्दै उनको मेडिकल रिपोर्टले पनि हृदयघात भएको देखाएको बताए ।
गृहमन्त्री बादलले विखण्डनकारीहरु स्वतन्त्र मधेशका नाममा खुलेआम ‘मधेश नट नेपाल’ भन्दै हिड्ने र सरकार लाचार भएर बस्ने अवस्था रहेको बताए । संविधानले यस्ता गतिविधिलाई अपराधका रुपमा परिभाषित गरेको भन्दै यस्ता गतिबिधि गर्नेमाथि कारवाही हुने प्रष्ट पारे ।
बादलले भने-स्वतन्त्र मधेश गठबन्धन भन्ने सीके राउतको समूहले मधेश नट नेपाल भन्ने भाषण गर्दै हिँडेका छन् । अस्ति संविधान दिवसको दिन ठाउँठाउँमा उनीहरुले त्यस्ता गतिविधि गर्दा हामी लाचार हुने अवस्था ठीक होइन । राममनोहर यादव सोही संगठनको सदस्य र उनले यस्तै नारा लगाउँँदै उपप्रधामन्त्री उपेन्द्र यादव बर्दिया जाँदा समातिएको हो ।’
बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...