• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

मतपेटिका हेर्न दलहरूले राखे आफ्नै सिसिटिभी

११ मंसिर २०७४, सोमबार १५:१९
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

११ मंसिर २०७४, सोमबार १५:१९
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

११ मंसिर २०७४, सोमबार १५:१९
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

११ मंसिर २०७४, सोमबार १५:१९
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

११ मंसिर २०७४, सोमबार १५:१९
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

११ मंसिर २०७४, सोमबार १५:१९

उपचुनावको परिणामले दिएको सन्देश !

११ मंसिर २०७४, सोमबार १५:१९
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

११ मंसिर २०७४, सोमबार १५:१९

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

११ मंसिर २०७४, सोमबार १५:१९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

११ मंसिर २०७४, सोमबार १५:१९
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

११ मंसिर २०७४, सोमबार १५:१९
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

११ मंसिर २०७४, सोमबार १५:१९
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

११ मंसिर २०७४, सोमबार १५:१९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

मतपेटिका हेर्न दलहरूले राखे आफ्नै सिसिटिभी

by NewsDesk
११ मंसिर २०७४, सोमबार १५:१९
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका अन्तर्गत विभिन्न २८ वटा मतदान केन्द्रको मत पेटिका हेलिकोप्टरबाट आज गोरखाको ठिंगुरेस्वाँरा हेलिप्याडमा ल्याएपछि सदरमुकामस्थित क्षेत्र नं. १ निर्वाचन कार्यालयमा भण्डारणका लागि लगिँदै।

आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएको छ। प्रदेश र प्रतिनिधि सभा सदस्य छान्न भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

धेरै जिल्ला हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले सबै ठाउँमा मतपेटिका संकलन अझै सकिएको छैन। केही विकट जिल्लामा मंगलबार साँझमात्र मतपेटिका संकलन हुने जनाइएको छ।

मतपेटिका संकलन भएका ठाउँमा पनि मतगणना भएको छैन। मंसिर २१ गते दोस्रो चरणको निर्वाचनपछि मात्र देशभरि मतगणना सुरु गर्ने आयोगको निर्णय छ।

त्यतिञ्जेल ३२ जिल्लाको मतपत्र सुरक्षित राखिने आयोगले जनाएको छ।

कुन जिल्लामा कसरी मतपेटिका राखिएको छ भनेर हामीले ३२ जिल्ला निर्वाचन कार्यालयमा सोधेका थियौं।

ताप्लेजुङका जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरका अनुसार ११४ मतदान केन्द्रमध्ये धेरै ठाउँको मतपेटिका सदरमुकाम ल्याइसकिएको छ। बाँकी मतपेटिका सोमबार साँझसम्म ल्याइनेछ।

मतपेटिकालाई जिल्ला अदालतको भवनमा राख्ने व्यवस्था मिलाइएको छ।

पाँचथरका १६५ वटै मतदान केन्द्रका मतपेटिका संकलन भइसकेका छन्।

जिल्ला निर्वाचन अधिकारी ध्रुव राईका अनुसार सर्वदलीय बैठकपछि जिल्ला कर्मचारी मिलन केन्द्रको भवनमा मतपेटिका राखिएको छ। ‘भवनमा चारैतिर तारजाली लगाइएको छ। सिसिटिभी पनि मतपेटिका राखिएकोतिर फर्काइएको छ,’ राईले भने, ‘यहाँ त दलहरुले पनि आ–आफ्ना सिसिटिभी राखेका छन्, जिल्ला समन्वय समिति एक कोठामा सिसिटिभी हेर्ने व्यवस्था मिलाइएको छ।’

संखुवासभाका १५३ मध्ये ९ केन्द्रको मतपेटिका ल्याउन बाँकी छ।

हेलिकोप्टरबाट मतपेटिका ल्याउनु पर्ने भएकाले ढिला भएको जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले जानकारी दिए। संकलन गरिएका मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।

भोजपुरमा पनि मतपेटिका संकलन कार्य जारी छ। जिल्ला अदालतको भवनमा मतपेटिका राखिएको छ। सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतपेटिकाको निगरानी कसरी गर्ने टुंगो लगाइने जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।

सोलुखुम्बुमा पनि सोमबार साँझसम्म मतपेटिका सदरमुकाम ल्याउने गरी काम भइरहेको छ। त्यहाँ जिल्ला समन्वय समितिको हलमा मतपेटिका राखिनेछ।

खोटाङका १७९ मतदान केन्द्रका मतपेटिका मंगलबारसम्म सदरमुकाम दिक्तेल ल्याइने छ। जिल्ला निर्वाचन कार्यालयका खरिदार बविन अधिकारीका अनुसार जिल्ला अदालतको भवनमा मतपेटिका राखिएको छ।

ओखलढुंगाका सहायक मुख्य निर्वाचन अधिकृत तीर्थ भट्टराईका अनुसार सोमबार राति १० बजेसम्म सबै १४१ केन्द्रबाट मतपेटिका ल्याउने गरी काम भइरहेको छ। सदरमुकाम ल्याइएका मतपेटिका जिल्ला समन्वय समितिको हलमा राखिएको छ। मतपेटिका राखिएको ठाउँमा सिसिटिभी राखिएको छ।

दोलखामा १९० केन्द्रका मतपेटिका संकलन भइसकेको छ। जिल्ला अदालतमा मतपेटिका राखिएको छ।

रामेछापका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार जिल्लाका १९१ केन्द्रको मतपेटिका संकलन भइसकेको छ। संकलित मतपेटिकालाई मन्थलीस्थित मालपोत कार्यालयको भवनमा राखएको छ। मतपेटिका राखिएको भवनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहरा दिइरहेका छन्।

दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि मतपेटिका संकलन सकिएको छ। दुबै क्षेत्रका मतपेटिका चौतारास्थित कृषि विकास कार्यालयको भवनमा राखिएको छ।

नुवाकोटको क्षेत्र नम्बर १ का मतपेटिका विदुरस्थित सहकारी डिभिजन भवनमा राखिएको छ भने दुई नम्बर क्षेत्रका मतपेटिका कोष तथा लेखा नियन्त्रण कार्यालयको भवनमा राखिएको छ।

४५ मतदान केन्द्र भएको रसुवामा पनि मतपेटिका संकलन सकिएको छ। धुन्चेस्थित जिल्ला प्राविधिक कार्यालयमा मतपेटिका राखिएको छ। जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार भवनलाई सशस्त्र र नेपाल प्रहरीले पहरा दिइरहेका छन् भने राजनीतिक दलका ४÷४ जना प्रतिनिधिले पनि मतपेटिका निगरानी गरिरहेका छन्।

‘सिसिटिभी राख्ने हामीसँग बजेट छैन,’ खालिङले भने, ‘केन्द्रले बजेट दियो भने सिसिटिभी राख्ने योजनामा छौं।’

गोरखाका उत्तरी भेगबाट हेलिकप्टरमार्फत मतपेटिका संकलन भइरहेको छ। गोरखा–१ का मतेटिका महिला तथा बालबालिका कार्यालयमा राखिएको छ भने गोरखा दुई नम्बर क्षेत्रको मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।

लमजुङका जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सेनाका अनुसार सबै मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।

‘हामीले प्रत्यक्ष र समानुपातिकको मतपेटिका फरक–फरक ठाउँमा राखेका छौं,’ तिमिल्सेनाले भने, ‘सबै कोठामा सिसिटिभी राखिएको छ।’

मनाङमा मतपेटिका संकलन जारी छ। चामेस्थित जिल्ला अदालत भवनमा मतपेटिका राखिएको जिल्ला निर्वाचन कार्यालयका सुब्बा सूर्यप्रसाद तिवारीले जानकारी दिए।

मुस्ताङमा पनि मतपेटिका संकलन जारी छ। सदरमुकाम जोमसोमस्थित जिल्ला समन्वय समितिको हलमा मतपेटिका राखिएको छ।

दुई क्षेत्र रहेको बाग्लुङमा पनि मतपेटिका संकलन भएइरहेको छ। दुबै क्षेत्रका मतपेटिका जिल्ला समन्वय समितिको भवनका ४/४ कोठामा राखिएको छ।

म्याग्दीका जिल्ला निर्वाचन अधिकारी केदार पौडेलका अनुसार जिल्लाका सबै मतपेटिका संकलन भइसकेको छ। संकलित मतपेटिका बेनीस्थित जिल्ला अदालत भवनका तीन कोठामा राखिएको छ।

‘हामीले दलका प्रतिनिधिलाई पनि चाहेको बेला आएर बस्न मिल्ने गरी भवनभित्रै ठाउँ छुट्याएका छौं,’ पौडेलले भने, ‘मतगणना हुँदासम्म सिसिटिभी पनि जोड्ने कुरा छ।’

रोल्पाका १६० मध्ये २१ केन्द्रको मतपेटिका संकलन बाँकी छ। संकलन भएका मतपेटिका लिबाङस्थित घरेलु तथा साना उद्योग कार्यालयमा राखिएको छ।

पश्चिम रुकुमका मतपेटिका खलंगास्थित जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।

पूर्वी रुकुमका मतपेटिका राख्न भने विद्यालय भवनको प्रयोग गरिएको छ। रुकुमकोटमा उपयुक्त सरकारी कार्यालय नभएपछि रुक्मिणी माध्यामिक विद्यालयको कक्षाकोठामा मतपेटिका राखिएको हो।

जाजरकोटमा सोमबार बिहानदेखि मात्र मतपेटिका संकलन सुरु गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मंगलबार साँझसम्म सबै मतपेटिका सदरमुकाम खलंगामा ल्याइनेछ। मतपेटिका जिल्ला अदालतको भवनमा राखिएको छ। त्यहाँ मतपेटिकाको निगरानीमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ता पनि बसिरहका छन्।

जुम्लामा पनि केही मतपेटिका संकलन गर्न बाँकी छ। संकलित मतपेटिका नयाँ बनेको जिल्ला अदालतको भवनका चार वटा कोठामा राखिएको छ।

हुम्लाको लिमीका ६ वटा केन्द्रका मतपेटिका हेलिकप्टरबाट संकलन भइरहेको छ। साँझसम्म सबै मतपेटिका संकलन गरेर जिल्ला अदालतको भवनका तीन वटा कोठामा भण्डारण गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मुगुमा पनि मंगलबार साँझमात्र मतपेटिका संकलन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्ला अदालत भवनका तीन कोठामा मतपेटिका राखिनेछ। हरेक कोठामा एक/एक जना सशस्त्र प्रहरी बलका जवानले सुरक्षा दिने छन्।

दार्चुलामा मतपेटिका संकलन जारी छ। संकलित मतपेटिका खलंगास्थित कर्मचारी आवास भवनका छ कोठामा राखिएको छ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार साँझसम्म १८२ वटै केन्द्रका मतपेटिका संकलन गर्ने गरी काम भइरहेको छ। संकलति मतपेटिका दशरथचन्द नगरपालिकाको हलमा राखिएको छ।

बझाङको मतपेटिका संकलन पनि हेलिकप्टरमार्फत् भइरहेको छ। संकलित मतपेटिका चैनपुरस्थित जिल्ला पशुसेवा कार्यालयको भवनमा राखिएको छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार सोमबार साँझसम्म मतपेटिका संकलन सकिनेछ। संकलित मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।

‘भित्र प्रहरी र सशस्त्रले सुरक्षा दिन्छन्, दलका प्रतिनिधि पनि बस्ने भन्नुभएको छ,’ प्रजिअ अधिकारीले भने, ‘उहाँहरु बस्ने भए बाहिर पाल टाँगेर बस्ने कि भन्ने कुरा भइरहेको छ।’

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
११ मंसिर २०७४, सोमबार १५:१९
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
११ मंसिर २०७४, सोमबार १५:१९
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
११ मंसिर २०७४, सोमबार १५:१९
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
११ मंसिर २०७४, सोमबार १५:१९
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

११ मंसिर २०७४, सोमबार १५:१९
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

११ मंसिर २०७४, सोमबार १५:१९
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

११ मंसिर २०७४, सोमबार १५:१९

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

११ मंसिर २०७४, सोमबार १५:१९
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

११ मंसिर २०७४, सोमबार १५:१९
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

११ मंसिर २०७४, सोमबार १५:१९
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?