मंसिर २२, २०७४-जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकाका मतपेटिकालाई सदरमुकाम ल्याउने क्रममा बाटोमा बम विस्फोट भएको छ । तर कुनै क्षति भएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीका अनुसार जोगबुढा–बुढर सडक खण्डको कैनपानी भन्ने स्थानमा अज्ञात समूहले राखेको वम बिस्फोट भएको हो । मतपेटिका लिएर आउने गाडीलाई लक्षित गरी विस्फोटन गराइएको बमले क्षति भने नभएको बताइएको छ । बिहान साढे ८ बजेको समयमा बम विस्फोटन भएको हो । मतपेटिका बोकेर आएका गाडी पुग्न अगाडि बम विस्फोटन भएको प्रहरीले बताएको छ ।मुख्य निर्वाचन अधिकृत डा. रमेशराज रिजालले जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकाबाट मात्रै मतपेटिकाहरु सदरमुकाम पुग्न बाँकी छन् । उनका अनुसार दिउँसो १ बजेभित्र मतपेटिका सदरमुकामस्थित मुख्य निर्वाचनको कार्यालयमा आइपुग्ने छन् । ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने छ’उनले भने‘३ बजेतिर मतगणना सुरु हुन सक्छ ।’
जिल्लाभर ८१ हजार ७ सय मतदाताहरुमा ६५ प्रतिशत मात्रै मत खसेको छ ।
http://kantipur.ekantipur.com/news/2017-12-08/20171208110848.html