सुनसरी, मंसिर २५ – सुनसरी ३ को मतगणना स्थगित भएको छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएपछि विवाद भएको छ ।
विवाद भएपछि मतगणना स्थागित छ । अधकट्टी सहित भेटिएका मत पत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लागेको बताइन्छ । सुनसरी ३ मै गणना भइरहेको मतपत्र भित्र २० रुपैयाँको नोट समेत भेटिएको छ ।
जुन मत पत्रमा भने एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरिएको छ । अर्धकट्टी सहित भेटिएको मतपत्र सार्वजनिक गर्न र सिरीयल नम्बर देखाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले नमानेपछि विवाद भएको हो ।
अर्धकट्टी सहित भेटिएका मत बदर हुनुपर्ने माग राख्दै वाम गठबन्धनले माग राखेको छ । अहिले समस्या समाधान गर्नका लागि बैठक बसिरहेको छ । बैठकमा सहभागि एमाले सचिब भिम आचार्यले पैसा भेटिएको मत बदर भएको तर अर्धकट्टी सहित भेटिएको मत बदर नभएकाले मतगणना स्थागित गर्नु परेको बताउनुभयो ।
उहाँले सिरीयल नम्बर सहित अर्धकट्टी सहित भेटिएको मतपत्र सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ । सुनसरी क्षेत्र नम्बर ३ मा जारी मतगणनामा वाम गठबन्धनका उम्मेद्वार भगवती चौधरी १ सय ५५ मतले अगाडि हुनुहुन्छ ।
त्यहाँ नेपाली कांग्रेसका उम्मेद्वार विजयकुमार गच्छदारले २९ हजार एक सय सय ७१ मत ल्याउनुभएको छ भने भगवतीको २९ हजार ३ सय २६ मत रहेको छ।अझै२० हजार मत गन्न बाँकी रहृेको अवस्थामा विवाद उत्पन्न भएको हो ।