मंसिर २४, २०७४-मकवानपुर क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार विरोध खतिवडा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । खतिवडाले खतिवडाले ४४ हजार ७ सय ४४ मत पाएका छन् ।
खतिवडाको मकवानपुरबाट यो चौथो जित हो । यसअघि उनी २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा विजयी भएका थिए ।
कांग्रेस नेतृ उपाध्यायसँग यो उनको तेस्रो प्रतिस्पर्धा थियो । खतिवडाले यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा उपाध्यायलाई पराजित गरेका थिए ।