गोरखा : दोस्रो विश्वयुद्धमा वीरता देखाएवापत ब्रिटिश सरकारबाट भिक्टोरियाक्रस (भीसी) पदक पाएका गोरखा बारपाकका गजे घलेका धर्मपत्नीको निधन भएको छ । घलेपत्नी धुनगुरी घलेको ९१ बर्षको उमेरमा आइतबार दिउँसो तीनबजे निधन भएको उनका नाति गणेश घलेले जानकारी दिए।
बिरामी भएपछि घलेलाई काठमाडौंको वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा घलेको निधन भएको घलेले जानकारी दिए । गजे घलेको यसअघि २०५७ सालमा निधन भइसकेको थियो। घले दम्पत्तीको चार छोरा चार छोरी छन्।