प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ पेप्सिखोला बस्ने कालिबहादुर लामा छन् । लामासहितका व्यक्तिहरुले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गरेका थिए ।
प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ती गराइदिने उनीहरुले प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।
उनलाई काठमाडौं प्रहरीले काठमाडौं–५, महाराजगञ्जबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।
बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...