बिराटनगर | बिराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । बिराटनगरमा धुलै धुलो भएको सडकमा पानी हाल्नको लागि दमकलको प्रयोग गरेर अतिआवस्यक सवारीको दुरुपयोग गरेको हो ।
आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा पानी हाल्नमा प्रयोग भएको छ । बिराटनगर महानगरपालिका भित्रको सडक निर्माणको लागि मझौला शहर एकिकृत वातावरणीय सुधार परियोजनाले गरेको काममा महानगरपालिकाको दमकल पानी हाल्नमा प्रयोग भएको हो । यो पानी हाल्नु पर्ने काम परियोजना भित्रको भएपनि त्यसमा ठेकेदारले वेवास्ता गर्दा समस्या महानगरपालिकामा आएपछि महानगर स्वयम दमकलको प्रयोग गर्दै पानी हाल्दै आएको छ ।
अत्याबस्यक रुपमा लिईने दमकलको प्रयोग गरेर सडकमा पानी हाल्न प्रयोग हुनुलाई स्थानीयले सकारात्मक लिएका छैनन । यस बारेमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले महानगरको बाध्यता भएको बताउनुभएको छ । बिराटनगर महानगरपालिका सँग ४ वटा दमकल रहेको मा २ वटा दमकल मात्र प्रयोगमा छ ।
अरु दमकल प्रयोगमा आएका छैनन । तर ति दमकल पनि यसरी हरेक दिन हरेक गल्लीहरुमा पानी हाल्नमा प्रयोग गरिँदा अप्ठेरो पर्दाको अबस्थामा समस्या हुने बताईन्छ । तर महानगरले त्यस्तो अप्ठेरो नहुने बताउँदै आएको छ । तर यि दमकलको सामान पाउन मुस्कील पर्ने हुँदा यस्ता आकस्मीक साधन बिग्रिहालेमा मर्मतमा समस्या हुने चालकहरु बताउँछन् ।