काठमाडौं– प्रधानमन्त्री, प्रधानन्यायाधिश र सभामुखको सरकारी निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटिएको छ ।
अत्याधिक सुरक्षा व्यवस्था रहेको सभामुखको सरकारी निवास अगाडिनै सोमबार बम भेटिएको हो । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेकाहरुले राखेको सो बम नेपाली सेना, सशष्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको छ ।
यसअघि मात्रै कांग्रेस नेता गगन थापामाथि लक्षित गरेर राजधानीको चपलीटमा बम विस्फोट गराइएको थियो । विष्फोटमा थापासहित ११ जना सामान्य घाइते भएका थिए ।