बारा : प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बारामा ४ हजार १ सय २२ जना सुरक्षाकर्मी खटाउने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले निर्वाचन सुरक्षालाई मजबुद बनाउन म्यादी प्रहरी र नेपाल प्रहरी गरी ४ हजार १ सय २२ जना सुरक्षाकर्मी खटाउने तयारी गरिएको हो। कार्यालयले प्रत्येक उपमहानगरपालिका र नगरपालिकाको हकमा ३÷३ जना प्रहरी निरीक्षक, गाँउपालिकाको हकमा आवश्यकता अनुसार १ वा २ जना प्रहरी निरीक्षक खटाइएको जिल्ला प्रहरी कार्यलय कलैया बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवत्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो। उहाँले हरेक ठाँउमा सिनियर प्रहरी अधिकृत खटाएर सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको बताए। जिल्लाको ४ ओटा निवार्चन क्षेत्रमा खटाइएका ४ जना मध्य क्षेत्र नं १ को लागि देवेन्द्रकुमार पाल, क्षेत्र नं २ का लागि यमनाथ अधिकारी, ३ का लागि भुवनेश्वर प्रसाद साह र क्षेत्र नं ४ का लागि डा. मेघबहादुर खत्रीलाई तोकिएको छ। प्रत्येक निर्वाचन क्षेत्रको मुख्य कमाण्डर नायव उपरीक्षक रहने व्यवस्था रहेको छ। जिल्लाको ४ ओटा निर्वाचन क्षेत्रलाई ४ ओटा नायव उपरीक्षकले प्रत्यक्ष रुपमा कमाण्ड गर्ने व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। जिल्लाभर मतदान केन्द्र ४ सय ७५ र मतदान स्थल ३ सय ३ रहेको छ। संवेदनशिल र अति संवेदनशील र सामान्य गरी जिल्लाभरको मतदान केन्द्रलाई ३ भागमा छुटएर सुरक्षाकर्मी खटाईएको छ। प्रत्येक मतदान केन्द्रमा ८ देखि १४ जनाको टोली खटाईएको छ। अन्य सुरक्षाको हकमा उम्मेद्धारको कार्यक्रमस्थलदेखि उम्मेद्धारको निवासस्थलमा समेत विशेष सुरक्षाको व्यवस्था मिलाइएको छ। मतदाताको हकमा जिल्लामा भएका छिटफुट घटनालाई लिएर कसैले पनि जिल्लाको सुरक्षा व्यवस्थामा शंका नर्गन जिल्ला प्रहरी कार्यालय बाराले सम्पूर्ण मतदातहरुमा आग्रह गरेको छ। सुरक्षा व्यवस्था पुर्ण रुपमा कडा पारिएको दाबी छ। ठाउँ ठाँउमा चेकपोेष्ट खडा गरेर सुरक्षा व्यवस्थालाई मजबुद बनाईएको प्रहरीले जनाएको छ। होटलहरुमा सर्च अभियान निर्वाचनलाई लक्षित गरेर कुनै अप्रिय घटना नघटोस् भन्नका लागि जिल्लाका रहेका होटलमा खोजतलासी सर्च अभियान चलाइएको छ। छिमेकी मुलुक भारतबाट अपराधीहरु आएर लुक्न सक्ने साथै हातहतियार लुकाउन सक्ने भएकोले शंका भएका होटलहरुमा सर्च अभियान चलाइएको छ। होटल सर्च अभियानअन्तर्गत इलाका प्रहरी कार्यलय सिमराले सिमरा, पथलैया, अमलेखगञ्ज र अन्य आसपासका होटलहरुमा सर्च अभियान चलाएको छ। सर्च अभियानमा सिमराका ठुला होटलहरु समेत परेका छन्। होटलमा पुगेर त्यहा कोठा लिएर बसेका व्यक्तिहरुको कागजपत्र चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय स्रोतले जनाएको छ।
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक
https://youtu.be/Yh4f6jZfP48