बाजुरा, १० मंसिर – बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रको बुढीनन्दा नगरपालिका वडा नम्बर ८ मा रहेको पिस क्रेटर एकेडेमी पाण्डुसैन बुथमा बिहान लाइनमा मतदान गर्न जाने क्रममा विवाद भएको थियो । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ढुङ्गा हानाहान भएको थियो । स्थिती नियन्त्रण लिन प्रहरीले हवाई फायरसमेत गर्नु परेको थियो ।
त्यस्तै दक्षीणी क्षेत्रको बुढीगंगा नगरपालिका वडा नम्बर ७ को शारदा निमावि बड्यालीमा समेत लाइनकै विषयमा विवाद भएको थियो । अहिले जिल्लाका सबै मतदान केन्द्रमा मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनु भएको छ ।