काठमाडौँ — यस वर्षको नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धको अभियन्तालाई दिइने भएको छ । शुक्रबार नोवेल समितिले बलात्कारकाबिरुद्ध अभियान चलाउने यजिदी महिला नादिया मुराद र कङ्गोका डेनिस् मक्वेजलाई संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।नोवेल समितिका अध्यक्ष बेरत रिज एण्डरसनका अनुसार अपराधबिरुद्धको लडाईका दुबै जनाले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।बीबीसीका अनुसार मुराद स्लामिक स्टेटका मिलिसियाको यातना र बलात्कारको शिकार भएकी थिइन् भने प्रसुतिबिज्ञ मुक्वेजले पीडितहरुको उपचार गर्दै आएका छन् । इराककी मुराद वजिदी कुर्दिस मानव अधिकार अभियन्ताका रुपमा परिचित छिन् ।
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक
https://youtu.be/Yh4f6jZfP48