कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र २०७५ मा किर्तिपुरको स्मिर्ति हलमा भएको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्बिरोध संयोजकमा निर्वाचित भयका हुन् ।
२०६८ सालमा नेपालका लाखौ युवालाई आफ्नै देसमा रोजगारीको ग्यारेन्टी गराउन दबाब दिने हेतुले ज्ञानेन्द्र अधिकारी , निर्मल बि.सी , बिमल खनाल लगायतको सहयोगमा बेरोजगार युवा संघको गठन गरेका सागरले आर्थिक क्रान्तिको अभियान हुदै राष्ट्रवादी केन्द्र नेपालको गठन २०७३ सालमा गरेका हुन् | बेरोजगार बर्गको मुक्ति नै राष्ट्रिय मुक्ति हो भन्ने मूल नारा बोकेको राष्ट्रवादी केन्द्र नेपालले अहिले देशै भरि संगठन बिस्तारको अभियान संचालन गरिरहेको छ ।
मा मात्र दसौ हजार नेता कार्यकर्ता रहेको यो संगठनले २०७४ साल देखि कहिले BLACK T SHIRT MOVEMENT त कहिले राष्ट्रिय झण्डासंगै दसौ हजार संगठित सदस्यको उपस्थितिमा बिसाल र्याली प्रदर्शन गरिरहेको छ ।
तत्कालीन नेकपा माओवादीको जनयुद्द समेत लडेका सागर २०६४ सालको संबिधान सभाको चुनावमा गुल्मी जिल्लाबाट सभासदमा निर्वाचित भएका थिए । पछि २०७३ सालमा स्वदेसमै रोजगारीको माग राख्दै काठमाण्डौको खुला मन्चमा ११ जना युवा सहित आमरण अनसन बसेका सागरले तेती बेलै पत्रकार सम्मेलन मार्फत तत्कालिन ए नेकपा माओवादीबाट राजिनामा गरि स्वतन्त्र नागरिकको रुपमा बस्ने घोषना गरेका थिए । युवा पुस्ता माझ अत्यन्तै लोकप्रिय रहेका सागर कुसल संगठक ,तिब्र गति र दुर दृष्टि भएका नेता मध्ये एक हुन् । कहिल्यै नथाक्ने र कहिल्यै हरेस नखाने सागर संगठन निर्माण, परिचालन र प्रशिक्षणमा अहिले पनि दैनिक १८ घण्टा खटिरहेका छन् । उनि भन्छन ‘’यो देश वोर्कर ले होइन ब्रोकर्ले चलाइरहेका छन् । नेपाली अनुहारका बिदेसी एजेन्ट नै यो देसका प्रमुख दुस्मन हुन । यो देश धोस्त पार्नमा उनै बिदेसी एजेन्टहरुको मुख्य भूमिका रहेको छ । ति नेपालि अनुहारका बिदेसी एजेन्टहरुका बिरुद्द सशक्त प्रतिरोध नगरेसम्म यो मुलुकलाइ बिकास र सम्वृद्धिको उचाहिमा पुर्याउन सकिदैन । त्यसका लागि राष्ट्रवादी केन्द्रले अबको आन्दोलनको नेतृत्व गर्ने तयारि गरिरहेको छ ‘’। उनि थप्छन, अहिले सम्मका सबै आन्दोलन व्यबस्था परिवर्तनका लागि मात्र भएका छन् तर अब जनताको अवस्था परिवर्तन गर्नका लागि अर्को आन्दोलनको जरुरी नेपालमा छ । अब काम गरेर खान पाउने व्यवस्थाका लागि जनता उठ्नु पर्छ । त्यसैले राष्ट्रवादी केन्द्रले सबै ‘’नेपाली युवालाई स्वदेसमै रोजगारी, मासिक न्युनतम तलब ३० हजार , शिक्षा स्वास्थ्य निसुल्क’’ भन्ने अभियाननै संचालन गरिरहेको छ ।
राष्ट्रवादी केन्द्र नेपालमा अहिले झन्डै ४० जना पूर्णकालीन अभियान्ता रहेका छन् । जसले दैनिक संगठन विस्तार र प्रचार प्रसारको भूमिका निर्वाह गरिरहेका छन् । स्कुल , कलेज र चोक चोकमा अहिले राष्ट्रवादी केन्द्रका संगठन बनिरहेका छन् । जसको प्रत्यक्ष नेतृत्व र निर्देशन स्वयम् सागरले गरिरहेका छन् | उनलाई नजिकबाट डा. कविराज पौडेल, डा. प्रसान्त पाण्डे, होम बानिया , अविरल राइ ,ज्ञानेन्द्र अधिकारी, निर्मल बि सी , तारा प्रसाद अर्याल , भुवन संगम , बिन्दु के सी ,निरज पुन , ज्ञानदेव बिष्ट , नरदेव न्यौपाने लगायतले सहयोग गरिरहेका छन् । सागर हाकाहाकी भन्छन , यो देसमा अहिले सम्म राष्ट्रघाती र दलालहरुले शासन गरे । त्यसको प्रतिफल हामि जनताले प्रत्यक्ष भोगिरहेका छौ । आज एकातिर देसका नेताहरु बिदेसिको एजेन्ट बनेका छन् , प्राकृतिक श्रोत र साधन अलपत्र परिराखेका छन् भने अर्को तिर दैनिक बिसौ हजार नेपाली युवा ज्यान पाल्न बि देशीका गुलाम बनेर अरबका मुलुकमा जान वाध्य छन् । यो विवसताको अन्त्य गर्न राष्ट्रवादीको हातमा सत्ता नै अहिलेको प्रमुख आवाश्यकता हो भन्दै सागरले ‘सन्देस नेपाल ‘ संग सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न समेत अनुरोध गरेका छन् |