काठमाडौँ – निर्माण घोषणा समय देखि नै चर्चित बनेको चलचित्र ‘लिलिबिली’को छायाँकन सुरु भएको छ । केही दिन अगाडी युकेमा एक कार्यक्रम सहित चलचित्रको छायाँकन सुरु भएको हो । निर्माता गोविन्द शाहीले चलचित्रको युकेको बिभिन्न ठाँउहरुमा छायाँकन भइरहेको जानकारी दिए ।
निर्माता शाहीका अनुसार चलचित्रमा अहिले प्रियंका कार्की, प्रदीप खड्क, रेविका गुरुङ लगायतले अभिनय गरिरहेका छन् । निर्माण घोषणा कार्यक्रममा प्रियंकाको नाम चलचित्रसँग जोडिएको थिएन । अभिनेत्री रेविकालाई युकेको भिषा नलागेपछि उनलाई रिप्लेस गर्दै प्रियंका चलचित्रमा भित्रिएकी हुन् ।
शाहीका अलवा सुदीप खड्का र मिलन चाम्ससँगलगायतको निर्माण रहने चलचित्र प्रदीप भारद्वाजको लेखेन हुन् । साढे दुई करोड लगानीमा बन्ने चलचित्रको सम्पुर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्डनमा हुनेछ । चलचित्र आगामी ३० चैत्रमा सार्वजनिक प्रदर्शनमा आउँने छ ।