पुस ३, २०७४-सुगम संगीतमा अहिलेका लोकप्रिय गायकमध्येमा पर्ने प्रमोद खरेलले पहिलो पटक देउडा गाएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा गाएका हुन् । पत्रकार डीबी खड्काको रचनामा विनोद बाजुरालीले संगीत दिएको ‘देउडा खेल्छु चट्टै…’ गीतको यसै साता म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोमा शंकर बीसी र अञ्जली अधिकारी नाचेका छन् भने नृत्य निर्देशन स्वयं बीसीले नै गरेका हुन् । राजेश घिमिरेले भिडियोको छायांकन गरेका हुन् । यसअघि यो समूहको सहकार्यमा बनेको देउडा गीत ‘हुन्यावाली जीवनसाथी’ श्रोताले मन पराएका थिए ।
http://kantipur.ekantipur.com/news/2017-12-18/20171218090755.html