काठमाडाैं – अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनमा प्रधानमन्त्री केपीशर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले तुलाधरको निधनले आफुलाई दु:खी बनाएको बताए।
उनले लेखेका छन् ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ। नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ। दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।