पोखरा, ७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर १० हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ४ का निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेसले अग्रता कायम गर्ने देखिएको छ । प्रदेश नम्बर ४ को गोरखा, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङमा यहि मंसिर १० गते पहिलो चरणको निर्वाचन हुँदैछ भने कास्की, तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीको बर्दघाट पुर्वका दुई क्षेत्रमा दोस्रो चरण अन्तरगत मंसिर २१ गते निर्वाचन हुँदैछ ।
हिमाली जिल्ला मनाङमा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका टेकबहादुर गुरुङ र नेकपा एमालेका पोल्डेन छेपाङ गुरुङका बीच सिधा प्रतिस्पर्धा हुँदैछ । मनाङका ४ वटा स्थानिय तहमा नेपाली काँग्रेसबाट धेरै जनप्रतिनिधि सभाहरु निर्वाचित भएकोले मात्र नभई विगतमा पनि टेकबहादुर र पाल्टेन गुरुङ जस्ता काँग्रेस नेताहरुले विजय प्राप्त गर्दैै आएको जिल्ला भएकोले पनि प्रतिनिधि सभासभामा काँग्रेसले नै जित्ने अनुमान धेरैको छ ।
५ हजार ८ सय ८१ मतदाता रहेको मनाङमा नासुङ र चामेमा काँग्रेसको प्रभाव बढि मानिन्छ । यसै क्षेत्रका चिन्ता घले नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा ‘क’का उम्मेदवार हुनुहुन्छ । उहाँको प्रतिस्पर्धा नेकपा एमालेकै दोर्ज डेडुल शेर्पासँग हुँदैछ । चुनावी प्रचार अभियानमा काँग्रेसको पक्षमा जनलहर आएकोले यो प्रदेशमा घलेको विजय निश्चित जस्तै रहेको बताईन्छ ।
प्रदेश ‘ख’मा नेपाली काँग्रेसको तर्फबाट कर्मा गुरुङ र नेकपा एमालेको समर्थन पाएका राजिव गुरुङ अर्थात दीपक मनाङेका बीचमा हुने प्रतिस्पर्धामा पनि कर्माले बाजि मार्ने संभावना छ ।
कर्मा स्थानीय र धेरै मतदाता रहेका ठाऊँको भएकोले पनि उहाँलाई धेरै मतदाताले समर्थन गरेका छन् । राजिव अर्थात दीपक मनाङेको छविलाई लिएर धेरैले आलोचना गर्दै आईरहेकोले पनि उहाँ पछि पर्ने बताईन्छ ।
यसैगरि प्रतिनिधिसभामा १ सीट रहेको लमजुङमा पनि नेपाली काँग्रेस अगाडि देखिन्छ । नेपाली काँग्रेसका दिलबहादुर घर्तीसँग बामगठबन्धनबाट उठ्नुभएका नेकपा माओबादी (केन्द्र)का देवप्रसाद गुरुङको प्रतिस्पर्धा हुने देखिएपनि विजय कांग्रेस नेता घर्तीको पक्षमा पर्ने देखिन्छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट देवेन्द्र पराजुली पनि लमजुड.मा उम्मेदवार उठ्नुभएको छ । पराजुली विगतमा माओबादीको जिल्ला सचिव समेत रहेर काम गरिसकेकोले माओबादीका मत समेत उहाँले पनि काट्ने बताइन्छ ।
माओबादीका उम्मेदवार गुरुङलाई स्थानिय मतदाताले पर्यटक उम्मेदवारको संज्ञा समेत दिन थालेका छन् । घर्ती विगतदेखि नै लमजुङलाई आधार बनाएर राजनीतिमा सक्रिय रहदै आउनुभएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा सुन्दरबजार नगरपालिका परेवाडाँडाका एमाले नेता तिलक पाण्डेलाई माओबादीले हत्या गरेकोले त्यसको बदला लिन केहि एमालेहरु लागिपरेका छन् । यसबाहेक लमजुङमा मात्रै करिब २ सय जनाको माओबादी सशस्त्र युद्धताका हत्या भएकोले तिनका परिवार र आफन्तले माओबादीका उम्मेदवारलाई समर्थन नगर्ने निश्चित छ । यसको फाइदा काँग्रेसका उम्मेदवार दिलबहादुर घर्तीलाई मात्र नभएर प्रदेश तर्फका उम्मेदवारहरुले पनि प्राप्त गर्नेछन् ।
लमजुङको प्रदेशसभा ‘क’मा काँग्रेसको गर्जबहादुर गुरुङ र एमालेका धनञ्जय दवाडीबीच मूख्य प्रतिस्पर्धा हुने भएपनि कम्यूनिष्ट गठबन्धनका दवाडीले पाउने मत विवेकशिलका तुलसीराम, संघीय समाजबादीका ईन्द्रबहादुर र नयाँ शक्तिका राजु थापा लगायतले काट्ने भएपछि गुरुङ बलियो बन्नुभएको छ ।
प्रदेश ‘ख’मा पनि काँग्रेसका कृष्णप्रसाद कोईरालाको अवस्था निकै सुदृढ देखिएको छ । लमजुङ काँग्रेसका सभापति भैसकेका कोईराला स्वच्छ छविका र मिलनसार नेता मानिनुहुन्छ । यो प्रदेशबाट नेकपा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई बाम गठबन्धनले साझा उम्मेदवार बनाएपनि नयाँ शक्तिका सरोज दनाई, संघीय समाजबादीका सुरेशकुमार गुरुङ, विवेकशीलका मुनिन्द्र थापा लगायतले दिने धक्का पृथ्वी सुब्बालाई सहन गाह्रो पर्ने देखिन्छ ।
लमजुङमा कुल १ लाख १५ हजार ४ सय ५४ मतदाता रहेका छन् ।
गोखरा जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा पनि नेपाली काँग्रेस र नेपाली काँग्रेसकै समर्थन प्राप्त गरेका नयाँ शक्तिका उम्मेदवारहरु विजयको नजिक पुगेका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभासभाको लागि ८ जना उम्मेदवार चुनावी