काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनका उमेदवार बीना मगरले दोब्बर मतले अग्रता लिएकी छन् । मध्यान्ह १२ वजे सार्वजनिक गरिएको मत परिणाम अनुसार उनले नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टलाई १० हजार २६३ मत अन्तरले पछि पारेकी हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्डकी बुहारी मगरले २० हजार २६५ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी विष्टले १० हजार १२ मत प्राप्त गरेका छन् । माअेवादी उमेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । कञ्चनपुर–१ मा ८८ हजार ०५९ मत खसेको थियो ।