मुगु । मुगुको प्रतिनिधिसभाका उम्मेद्वार हस्तबहादुर मल्लको घरमा बम फेला परेको छ । छायाँनाथ रारा नगरपालिकास्थित पूर्व राज्यमन्त्री मल्लको घरमा प्रेसर कुकर बम फेला परेको हो ।
पाँच लिटरको कुकरमा बम राखिएको प्रहरीले जानकारी दिएको छ । बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । अहिले प्रहरीले मल्लको घरमा सुरक्षा दिइरहेको छ । बम राख्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यद्धपि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । मुगु प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको जिल्ला हो । यहाँ गत मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ ।