• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

पूर्वाधार पर्यटनमा

११ कार्तिक २०७५, आईतवार १०:१७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

११ कार्तिक २०७५, आईतवार १०:१७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

११ कार्तिक २०७५, आईतवार १०:१७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

११ कार्तिक २०७५, आईतवार १०:१७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

११ कार्तिक २०७५, आईतवार १०:१७
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

११ कार्तिक २०७५, आईतवार १०:१७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

११ कार्तिक २०७५, आईतवार १०:१७
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

११ कार्तिक २०७५, आईतवार १०:१७

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

११ कार्तिक २०७५, आईतवार १०:१७

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

११ कार्तिक २०७५, आईतवार १०:१७

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

११ कार्तिक २०७५, आईतवार १०:१७

करले होइन, रहरले गरिन्छ बिहे …

११ कार्तिक २०७५, आईतवार १०:१७

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

११ कार्तिक २०७५, आईतवार १०:१७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home बिचार

पूर्वाधार पर्यटनमा

by NewsDesk
११ कार्तिक २०७५, आईतवार १०:१७
in बिचार
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय स्तरमा नेपालको नामसँग जोडिएको छ यहाँको प्राकृतिक छटा, मानिसको मृदु मुस्कान र अनन्त सम्भावना । यही सुन्दर नामले भित्र्याउँछ यहाँ बर्सेनि लाखौं पर्यटक । प्रत्येक वर्ष जब अनुकूल मौसम सुरु हुन्छ, त्यति बेला पर्यटकीय चटारो सुरु हुन्छ । यो शारदीय मौसममा अहिले संसारभरिका पर्यटक यहाँ ओर्लिएका छन् । वर्षभरि काम गरेपछि प्राप्त हुने बिदा सदुपयोग गर्ने ध्येय उनीहरूको हुन्छ । संसारभरिका उत्कृष्ट गन्तव्यमध्येमा नेपाल पनि पर्छ । त्यही उत्कृष्टताले तिनलाई यहाँ ल्याइपु-याउने हो । घुमफिर मानिसको जीवनको अपरिहार्य गतिविधि हो । नयाँ ठाउँमा पुग्ने, त्यहाँको जनजीवनबारे बुझ्ने र त्यहाँका परिकार चाख्ने रहर कसलाई हुँदैन र ? यही इच्छाले मानिसलाई घुमाउँछ । नेपाल त यसै पनि रोमाञ्चक पर्यटनका निम्ति कहलिएको छ । संसारको छानो सगरमाथालाई नचुमी आरोहीहरूको इच्चा पूरा हुँदैन । बुद्धको देश धेरै संसारभरिका बौद्धमार्गीका निम्ति एक सपना हो । हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर पनि यहीं छन् । विविध धर्म–संस्कृति र मानव सभ्यताबारे थाहा पाउन पनि नेपाल नआई सुखै छैन । यो एउटै मुलुकभित्र ६० भन्दा बढी जातजाति र एक सय २५ भन्दा बढी भाषाको उपस्थिति आफैंमा रोचक पक्ष छ । प्रकृतिका अनेकन रुप र आयामका निम्ति पनि नेपाल कहलिएको छ । यहाँको हावापानीमा रहेको विविधताले पनि संसारलाई आकर्षित गर्छ । संसारका धेरै मुलुक मौसमी चरम प्रतिकूलतामा बाँच्छन् । हामीकहाँ त्यति धेरै प्रतिकूलताको स्थिति छैन भने पनि हुन्छ । जेजति असजिला छन् ती हामीले पूर्वाधारको विकास गर्न नसकेका कारणबाट मात्र सिर्जित भएका हुन् । भौतिक पूर्वाधारको विकास गर्ने हो भने अहिले देखिएका प्राकृतिक विपद्बाट जोगिन हामीलाई कुनै समस्या छैन।यो मुलुकको विविधताको अनुभूतिका निम्ति आउने पर्यटक विदेशीमै सीमित छैनन् । कुनै बेला हिमालका दृश्य, यहाँको प्रकृतिको आश्वादन केबल विदेशी पर्यटकले गर्ने हो भन्ने अनुभूति थियो । अहिले आन्तरिक पर्यटकमा समेत घुमफिरप्रतिको लालसा वृद्धि भएको देख्न सकिन्छ । आन्तरिक पर्यटकलाई खासै प्रोत्साहित नगर्ने र बाह्य मुलुकबाट आएकालाई मात्र ध्यान दिने गर्दा पनि ती निरुत्साहित हुने गरेको देखिन्थ्यो । अहिले स्थिति त्यस्तो रहेन । मुस्ताङमा एकै दिनमा चार हजार पर्यटक पुगेको खबरले विगतमा देखिएको प्रतिकूल अवस्था चिरिँदै गएको महसुस गर्न सकिन्छ । नेपालभित्रै आर्थिक गतिविधि बढ्न थाल्नु, मध्यम वर्गीय व्यक्तिहरूको संख्यामा वृद्धि हुनु र तिनले विदेशको समेत अनुभव गर्नुले अब देशभित्रै घुमफिर गर्नुपर्छ भन्ने भावना बलवान् भएको देखिन्छ । यसैकारण उनीहरू देशभित्रका उत्कृष्ट पर्यटकीय गन्तव्यतर्फ आकर्षित हुन थालेका छन् । आन्तरिक पर्यटकले यहीं घुमफिर गर्दा दुईटा फाइदा हुन्छन् । एक, देशभित्रै आर्थिक गतिविधि वृद्धि हुन्छ । दुई, तिनले विदेश गएर खर्च नगरी आफ्नै मुलुकमा गर्छन् । दसैं–तिहारजस्ता चाडबाडका बेला नेपाली विदेशका पर्यटकीय गन्तव्य पुग्ने गरेको देखिन्छ । वास्तवमा तिनीहरूले देशभित्रै सुविधा पाउने हो भने सपरिवार घुमफिर गर्न जान प्रोत्साहित हुनेछन् । यसै पनि अहिले नेपालीहरूमा सपरिवार घुम्ने चलन सुरु भएको छ । यसरी घुमफिरले पारिवारिक वातावरणमात्र राम्रो बनाउँदैन, त्यसले गाउँघरमै गरिएका व्यवसायका निम्ति सहयोग समेत पुग्न जान्छ।

आन्तरिक पर्यटकको जुन हिसाबमा आकर्षण बढेको छ, त्यही रुपमा सेवासुविधा भने बढ्न सकेको छैन । मुस्ताङलगायतका ठाउँमा एकाएक आन्तरिक पर्यटक बढेका भए पनि तिनलाई राम्रो बासको व्यवस्था हुन सकेको छैन । राम्रो बस्ने व्यवस्था हुने हो भने तिनले स्थानीय स्तरमा धेरै खर्च गर्ने सम्भावना छ । यसै पनि नेपाली पर्यटकहरू बस्ने र घुम्नेमात्र होइन, खाना र पेयमा पनि राम्रै खर्च गर्नेमध्येमा पर्छन् । देशले सन् २०२० मा नेपाल भ्रमण बर्ष मनाउन लागेको छ । त्यो बेला यहाँ २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । वास्तवमा पर्यटक आगमनका हिसाबले नेपालमा कहिल्यै समस्या रहेन । द्वन्द्वकालमा समेत अन्तर्राष्ट्रिय पर्यटकले नेपालमा भ्रमण गरेको अनुभव छ । केही वर्षयता नेपालको सुध्रिएको राजनीतिक स्थितिले अन्तर्राष्ट्रिय जगत्को समेत ध्यानाकर्षण भएको छ । आफ्नो फुर्सदको समय बिताउन उनीहरू यहाँ आउँदा प्रशस्त गतिविधि गर्ने मौका पाउनुपर्छ । यस्ता पर्यटकका निम्ति नयाँ पदयात्रा मार्गहरूको पहिचान, रोमाञ्चक यात्रा गतिविधि, खेल कार्यक्रम आदिको व्यवस्था गर्न सकिन्छ । तर, अहिले पनि यहाँ आउने पर्यटकले सुविधा पाउन सकेका छैनन् । विमानस्थलमा घन्टौं प्रतीक्षा गर्नु, गन्तव्यमा सुविधा नपाउनु र पर्यटकीय उत्पादनमा विविधता नहुनुजस्ता समस्या छँदैछन् तैपनि तिनीहरू नेपाल आउन छाडेका छैनन् । नेपालीको कहिल्यै नबिर्सिने मिठो मुस्कानले तिनलाई यहाँ ल्याइरहन्छ । तर, हाम्रो पर्यटन व्यवसायलाई परिष्कार गर्ने र अहिले भइरहेको आम्दानीलाई अरु बढाउने हो भने सेवासुविधा विस्तारमा ध्यान दिनु उचित हुन्छ । इन्डोनेसियाको बाली, थाइल्यान्डको पताया वा यस्तै चलेका पर्यटकीय गन्तव्यले कसरी पर्यटकलाई आकर्षित गर्छन् भन्नेमा समेत ध्यान जानु आवश्यक छ । वास्तवमा पर्यटन भनेको केही नहुँदा पनि त्यहाँ केही ‘मिथ’ सिर्जना गरेर भए पनि पाहुनालाई आकर्षित गरिन्छ । हामीकहाँ भएकै क्षेत्रलाई व्यवस्थित गर्ने हो भने पनि अपेक्षित लाभ हासिल गर्न सकिन्छ । पर्यटकले यहाँ आएर दुःख भोग्नुप-यो भने तिनलाई निरन्तर आकर्षित गर्न सकिँदैन । पर्यटनमा पूर्वाधार तयार पार्न र यसको सिर्जनशील प्रयोगतर्फ हाम्रो ध्यान जानु आवश्यक छ।

पर्यटन

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

by NewsDesk
११ कार्तिक २०७५, आईतवार १०:१७
0

नि:शब्द! पाइलट उत्सव पोखरेलको बैनिले लेखिन मलाइ पाइलट बनाउन्छु भन्नुहुन्थ्यो आखिर बिच बाटोमा मै छोडेर जानू भयो है दादा….!! आफ्नो...

३ ओटा कापी र ६ ओटा पेन्सील स्कुलमा बाँडेर दलित भन्ने शब्द घोकाईन्छ हाम्रो देशमा …

by NewsDesk
११ कार्तिक २०७५, आईतवार १०:१७
0

कक्षा १ मा नजादैबाट ३ ओटा कापी र ६ ओटा पेन्सील स्कुलमा बाँडेर दलित भन्ने शब्द घोकाईन्छ हाम्रो देशमा ......

रेनु दाहालको स्टाटस …

by NewsDesk
११ कार्तिक २०७५, आईतवार १०:१७
0

हार्दिक आभार तथा धन्यवाद !🙏 आदरणीय भरतपुरवासी जनसमुदायहरू, स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो अमूल्य मत प्रदान गरी भरतपुरको विकास...

नेपालीहरु साना बालबच्चालाई विद्यालय पठाउन धेरै हतारीन्छन् तर असर हरु धेरै छन् …

by NewsDesk
११ कार्तिक २०७५, आईतवार १०:१७
0

आमाको दूध छुटाउन पाएको हुँदैन, अभिभावकहरु आफ्ना बच्चालाई विद्यालय भर्ना गरिदिने हतारोमा हुन्छन् । काखे बच्चालाई कक्षाकोठामा पुर्‍याइन्छ, अक्षर घोकाइन्छ...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

११ कार्तिक २०७५, आईतवार १०:१७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

११ कार्तिक २०७५, आईतवार १०:१७
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

११ कार्तिक २०७५, आईतवार १०:१७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

११ कार्तिक २०७५, आईतवार १०:१७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

११ कार्तिक २०७५, आईतवार १०:१७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

११ कार्तिक २०७५, आईतवार १०:१७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?