डोटी, पुस १० – अछामको विनायक बजारमा रहेको समीक्षा एण्ड सम्बेग पसलमा आगलागी हुँदा झण्डै १५ लाख बराबरको क्षति भएको छ । पसलको गोदाममा आइतबार राति आगलागी हुदाँ सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
पसलसँगै जोडिएको एउटा मासु पसलमा समेत आगलागीका कारण क्षति भएकोे छ । राति १ बजेदेखि लागेको आगो सोमबार बिहान ५ बजे इलाका प्रहरी कार्यालय विनायक र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिएको ७ नम्बर प्रदेश प्रहरी प्रमुख माधब नेपालले बताउनुभयो ।