कांग्रेसका पुराना नेता विराटनगर – ९ का बद्रीनारायण बस्नेत आईतबार तनावपुर्ण अवस्थामा भेटिए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसका विरासत नै गुम्ने गरी भएको हारलाइ लिएर उनी चिन्तित् देखिन्थे ।
बीपी र गिरिजाप्रसाद कोईरालानिकट रही मोरङमा कांग्रेस राजनीतिमा जमाए पनि पार्टीको साख नै गुम्ने गरी भएको पराजयको पीडाले भतभती पोलिरहेको उनको प्रस्तुतीले प्रस्ट हुन्थ्यो ।
उनले भने कांग्रेसमा पहिलेभन्दा अहिले जनमत बढेको देखिन्छ । तर, विरासतको राजनीतिलाई जनताले अनुमोदन गरिदिएनन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।