• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

पद्मावती उर्फ विवाद

२९ मंसिर २०७४, शुक्रबार १३:१८
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२९ मंसिर २०७४, शुक्रबार १३:१८

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२९ मंसिर २०७४, शुक्रबार १३:१८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२९ मंसिर २०७४, शुक्रबार १३:१८
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२९ मंसिर २०७४, शुक्रबार १३:१८
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२९ मंसिर २०७४, शुक्रबार १३:१८
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२९ मंसिर २०७४, शुक्रबार १३:१८
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२९ मंसिर २०७४, शुक्रबार १३:१८
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२९ मंसिर २०७४, शुक्रबार १३:१८
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२९ मंसिर २०७४, शुक्रबार १३:१८

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

२९ मंसिर २०७४, शुक्रबार १३:१८

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

२९ मंसिर २०७४, शुक्रबार १३:१८

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

२९ मंसिर २०७४, शुक्रबार १३:१८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home मनोरञ्जन

पद्मावती उर्फ विवाद

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:१८
in मनोरञ्जन
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter
  • सञ्जयलीला भन्सालीद्वारा निर्देशित बलिउड फिल्म पद्मावती भारतमा विवादास्पद बनेको छ । किन त ?
– कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २९, २०७४-चौधौं शताब्दीकी एक काल्पनिक रानी पद्मिनीको प्रेमकथाले यतिबेला भारत तरंगित बनेको छ । सुफी कवि मलिक मोहम्मद जयसीले सन् १५४० मा लेखेको महाकाव्य पद्मावतमा आधारित रही निर्देशक सञ्जयलीला भन्सालीले फिल्म बनाए, पद्मावती । पौराणिक पात्र रानी पद्मिनी र राजा रतन सेनको प्रेम गाथामा टुर्को–अफगान मुस्लिम शासक अलाउद्दिन खिल्जीको प्रवेशले जसै महाकाव्य रसिलो बन्यो, त्यही प्लट यतिबेला भन्सालीका लागि टाउको दुखाई बनेको छ ।

हिन्दु राजपूत समर्थकले पद्मिनी र खिल्जीलाई फिल्ममा जबर्जस्ती भेटाइएको र प्रेमभाव दर्शाएर आफ्नी रानीको अपमान गरेको, राजपूत इतिहास तोडमोड गरेको र तानाशाह खिल्जीलाई असल प्रेमी र बहादुर योद्धाका रूपमा वर्णन गरेको आरोप लगाउँदै फिल्मको प्रदर्शन रोक्न सडक तताएका छन् । सोही कारण फिल्मको रिलिज सरेर माघ २६ पुगेको छ । तर निर्बाध प्रदर्शनमा संशय भने अझै बाँकी नै छ ।

फिल्म हेरेका केही समीक्षकले भने राजपूत सेनले आरोप लगाएअनुसार पद्मावती नरहेको जिकिर गरेका छन् । तैपनि राजपूतको बाहुल्य रहेको गुजरातमा आन्दोलन रोकिएको छैन । धेरैले फिल्मको आडमा राजनीतिक अभीष्ट पूरा गर्न दंगा भड्काइएको आशंका गर्न थालेका छन् । ६ प्रतिशत राजपूत रहेको गुजरातमा भारतीय सत्तापक्ष चुनावका बेला उनीहरूविरुद्ध बोलेर भोट बैंक गुमाउने अवस्थामा छैन । प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं गुजरातका हुनुले उक्त प्रदेश भारतीय जनता पार्टीको साखसँग पनि गाँसिएको छ । सन् २०१९ मा हुने राष्ट्रिय निर्वाचनका लागि भाजपाले पद्मावती मुद्दालाई हिन्दु राष्ट्रवादीहरूको भोट तान्ने अस्त्रका रूपमा मौका हेरिरहेको टिप्पणी गर्न थालिएको छ ।

कंग्रेस नेतृत्वको गुजरात सरकारले पनि भन्सालीको फिल्मलाई प्रदर्शनमा रोक लगाइदिएको छ । यसले गर्दा पनि पद्मावती फिल्म गुजरात राजनीतिको कोपभाजनमा परेको प्रस्टिँदै छ । भाजपाका नेता अखिलेश खन्डेलवालाले आफ्नो फेसबुक स्टाटसमार्फत नै सञ्जयलीला भन्सालीलाई जसले जुत्ता हान्छ, त्यसलाई पुरस्कार दिने विवादास्पद अभिव्यक्त नै दिए । विपक्षी दलले त्यसको विरोधस्वरूप अखिलेशलाई कारबाही गर्न माग गरे पनि मोदी सरकारले मौनता साध्नुमा नै भोट जोगाउने उपाय ठान्यो ।

राजपूतका लडाकुहरूले फिल्मको छायांकनदेखि नै निहुँ खोज्न थालेका थिए । त्यसैबेला पनि रानीको दरबारका रूपमा बनाइएको सेटमा सजाइएको ५० वर्ष पुरानो ऐनालाई उनीहरूले फुटाएका थिए । फिल्ममा उक्त ऐनामा खिल्जीले रानी पद्मिनीलाई देख्ने दृश्य थियो । तर राजपूतहरूले उक्त समयमा ऐना नै हुन नसक्ने जिकिर गर्दै फुटाइदिएका थिए । त्यसैगरी कोहलपुरमा रातिको सुट भइरहँदा पनि २०–३० जनाको पेट्रोल बम र लट्ठी बोकेको झुन्डले फिल्मको कस्ट्युमलगायत बहुमूल्य सामान नष्ट गरिदिएको थियो । उक्त समय राजपूतको त्यो झुन्डले रानी पद्मिनी र खिल्जीबीच अन्तरंग सम्बन्धका दृश्य खिचिरहेको गलत सूचना पाएपछि उत्तेजित भई पुगेका थिए ।

बीबीसीको एक समाचारमा त उल्लेख नै गरिएको पनि छ, ‘जो राजपूत इतिहासलाई तोडमोड गरेको आरोप लगाउँदै फिल्म ब्यान्डका लागि मरिमेटेर लागेका छन्, उनीहरू एक काल्पनिक रानीको सम्मान रक्षार्थ सही कुरा सुन्नसमेत तयार छैनन् ।’ भीडलाई उक्साउनेमा स्वयं जिम्मेवार नेताहरू नै अगाडि देखिएका छन् । भाजपाकै अर्का नेता राज के पुरोहितले रानीलाई बिनाघुंघट नृत्य गराइएको हुनाले फिल्म प्रतिबन्ध लगाउनुपर्ने दाबी गरेका थिए । गत महिना मात्रै उनले भनेका थिए, ‘एउटी राजपूत रानी कसरी घुंघट नलगाई नाच्न सक्छे ? यो त सीधै राजपूत संस्कृति र स्वाभिमानविरुद्ध हो । यस्तोमा कुनै पनि समुदाय चुप लागेर बस्न सक्दैन ।’

भारत क्षत्रीय समाज नामको अर्को जातीय संगठनले त निर्देशक भन्साली र रानी पद्मावतीको भूमिका निर्वाह गरेकी नायिका दीपिका पादुकोणको टाउकोको मूल्य नै तोक्यो । उनीहरूको टाउको काटेर ल्याउनेलाई भारु ५ करोड इनाम घोषणा गरेपछि प्रहरीले विशेष सुरक्षा नै दिइरहेको छ । घटनाक्रम यतिसम्म उत्तेजक बन्दै भइरहेको छ कि हरियाणाका भाजपा मिडिया प्रमुख सुरज पाल अमुले अझ अघि बढ्दै भन्साली र पादुकोणको टाउको ल्याउनेलाई आफूले भारु १० करोड दिने खुलेआम बोले । अमुले त खिल्जीको भूमिकामा रहेका नायक रनवीर

सिंहको समेत खुट्टा भाँच्ने धम्की दिए । गम्भीर धम्कीका बाबजुद पनि अहिलेसम्म कसैलाई सरकारले कारबाही नचलाउनुले सबै प्रपञ्च राजनीतिक संरक्षणमा भइरहेको खुल्दै गइरहेको छ । भोट गुम्ने डरमा दलको नेतृत्व यतिबेला आँखा चिम्लेर मूकदर्शक बनिदिएपछि फिल्म प्रतिबन्धसँगै यसका कलाकारले समेत धम्कीको सामना गर्नु परिरहेको छ । माघ २६ मा फिल्म प्रदर्शन गर्ने हलमा आगो लगाइदिने हल्ला पनि फैलाइएको छ ।

http://kantipur.ekantipur.com/news/2017-12-15/20171215085826.html

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:१८
0

पारिजातक एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा...

करले होइन, रहरले गरिन्छ बिहे …

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:१८
0

‘करले होइन, रहरले गरिन्छ बिहे’ काठमाडौँ, मैतीदेवीकी प्रतीक्षा थपलिया २६ वर्षकी भइन्। उनी पनि बिहे गर्ने पक्षमा छैनन्। ‘बिहेका लागि...

श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:१८
0

पछिल्लो समयमा समाजमा घट्ने घटना लाई टपक्कै गीतमा उतारेर कलाकार दिनेश रञ्जनले एउटा मर्म स्पर्शी गीत बजारमा लिएका छन् ।...

अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:१८
0

टुकुचा नदी  ( गद्यकविता ) सयौं वर्षदेखि हराएकी टुकुचा नदी अपहरणमा परेकी रहिछन् बन्धक बनाइएको रहेछ निसास्सिएर रोईरोई बाँचेकी रहिछन्...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२९ मंसिर २०७४, शुक्रबार १३:१८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२९ मंसिर २०७४, शुक्रबार १३:१८
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२९ मंसिर २०७४, शुक्रबार १३:१८

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२९ मंसिर २०७४, शुक्रबार १३:१८

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२९ मंसिर २०७४, शुक्रबार १३:१८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२९ मंसिर २०७४, शुक्रबार १३:१८
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?