जेठ २२ ।
नाक छेडेर लगाइने फुली को चलन नेपालमा कसरी रह्यो त ? के यो हिन्दू चलन हो ? यदि हो भने, पक्कै फुलीको संस्कृत शब्द पनि हुनुपर्ने हो, के हो त संस्कृत नाम ? लिच्छवीकालिनकै कुरा गरौ, नेपालका प्राचीन देवीका मुर्तिहरुमा के फुली लगाइएको छ र ?
यो त एघारौँ वा बाह्रौँ शताब्दीतिर भारतमा मुगल राज्य रहँदा, मुगलहरुको नजरबाट आफ्नो छोरी चेली बचाउन हिन्दूहरुले प्रचलनमा ल्याएको चलन थियो, कारण त्यस ताका मुस्लिमहरुका विवाहित महिलाहरुले फुली लगाउने गर्थे (जस्तो कि नेपाली समाजमा सिन्दुर पोते), र उनीहरुको समुदायमा विवाहित स्त्रीमाथि दृष्टि लगाउनु, हरण गर्नु जघन्य अपराध मानिन्थ्यो ।
त्यही भएर हिन्दूहरुले सानैमा आफ्ना छोरी चेलीको नाक छेड्ने गर्थे, ताकी मुगलहरुको गिद्दे नजरबाट बचोस् ।
त्यो परम्परा बिस्तारित हुँदै गयो, त्यहाँ बसोबास गर्ने सबै हिन्दूहरु र खस समुदायले यसलाई परम्पराकै रूपमा ढाले । त्यहाँबाट बसाइ सराइ गर्दै नेपाल आएका खसहरुले त्यो परम्परा साथै ल्याए, उनीहरुको संसर्गमा परेका अन्य जातजातिले पनि अङ्गाले ।
तर प्राचीन समयदेखि कहिल्यै मुगलहरुको र खस सम्प्रदायको संसर्गमा नपरेकाहरुले कहिल्यै फुलीलाई आफ्नो ठानेनन् । ब्राह्मणी हुँदैमा फुली लगाउनुपर्ने होइन ।
नेवार समुदायका श्रेष्ठ, मल्ल आदि थर गरेकाहरु पूर्णरूपले क्षत्रीय हुन्, उनीहरु छेत्री हुँदैमा पनि महिलाहरु फुली लगाउदैनन् किन कि उनीहरु पनि त्यतिखेर नेपालमै थिए । अन्य पनि यही हो। अचेल कसैले आफ्नो स्वेच्छाले लगाए त्यो छुट्टै कुरा हो ।