सोसाईटीले सबै पक्षबाट निर्वाचनको वातावरण बनाउने र देशलाई राजनीतिक निकास दिन योगदान गर्नुपर्ने ऐतिहासिक क्षण भएको उल्लेख गर्दै चुनावमा राजनीतिक दलहरुले आआफ्नै तरिकाले प्रचार प्रसार गर्ने गरेको तथा मिडियाले समाचार र सूचनाका माध्यमबाट जनतालाई सत्य तथ्य बुझ्न सहयोग गरिरहेको उल्लेख गरेको छ ।
‘देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनताको सुसूचित हुन पाउने अधिकारलाई सर्वोपरि ठान्ने मूल प्रवाहका मिडियालाई हामी कुनै पनि पक्षबाट दख्खल दिने काम नहोस् भन्ने तर्फ सचेत गराउन चाहन्छौं’ बिज्ञप्तिमा भनिएको छ, ‘साथै आम सञ्चार माध्यमको विज्ञापनको कानुनले निषेध नगरेको विषयको विज्ञापन अधिकार माथि प्रश्न नउठाइयोस् भन्नेतर्फ पनि हामी सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।’
नेपालको शान्ति, संविधान र निर्वाचनमा नेपालका सञ्चारमाध्यमको सबैभन्दा बढी भूमिका रहेको र आगामी दिनमा समेत राजनीतिक स्थिरता, प्रगति र विकासका लागि खबरदारीको अभियान जारी रहने पनि बिज्ञप्तिमा उल्लेख छ । ‘चुनावको सम्मुखमा कुनै पनि पक्षबाट निर्वाचन विरोधी क्रियाकलाप र मिडियालाई हतोत्साहित हुने कार्य गर्न–गराउने कार्य हाम्रालागि स्वीकार नहुने कुरा बारे सम्वन्धि सबैलाई यसै विज्ञप्तिमार्फत सचेत गराउन चाहन्छौं’ बिज्ञप्तिमा भनिएको छ ।