सप्तरी–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको उम्मेद्वारी फिर्ता लिए लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताएका छन् ।
मधेसी गठबन्धनको एउटा घटक फोरम नेपालका अध्यक्ष यादवले राजविराजमा संचारकर्मीसँग कुरा गर्दै धनुषा क्षेत्र नम्बर ३ मा काँग्रेसले उम्मेद्धारी फिर्ता लिए अझैपनि लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताएका हुन् ।
धनुषा–३ मा राजपाका नेता राजेन्द्र महतो निधिको प्रतिस्पर्धीको रुपमा रहेका छन् ।
फोरमका अध्यक्ष यादवले काङ्ग्रेसकै घमण्डका कारण लोकतान्त्रिक गठबन्धन बन्न नसकेको दाबी समेत गरे ।
यादवले भने–‘यदी धनुषा–३ मा काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिन्छ भने अझैपनि लोकतान्त्रिक गठबन्धन सम्भव छ ।’ यही मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यादव फोराम–राजपा गठबंधनका तर्फबाट बाट सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार छन् ।
‘धनुषा–३ मा राजपा नेता राजेन्द्र महतोजी हुनुहुन्छ हामी कुनैपनी हालतमा सम्झौता गर्न सक्दैनौं यादवले स्पष्ट पार्दै थपे –यदी काङ्ग्रेसले निधीको उम्मेदवारी फिर्ता लिन्छ भने गठबन्धनको सम्भावना सकिएको छैन ।’