मंसिर २३, २०७४-आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर– १ बाट निर्वाचित भएका छन् ।
कांग्रेसका उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भएका हुन् । सिलवालले २६ हजार ९ सय ४६ मत पाए भने राणाले २० हजार ७ सिय २९ मत ल्याए ।
२०७० सालमा ललितपुर– १ बाट निर्वाचित राणा बहालवाला अर्थराज्यमन्त्री हुन् ।