काठमाडौं।नबिल बैंकबाट शशिन जोशीले राजीनामा दिएका छन्।
जोशीको राजीनामा बैंकको सोमबार बसेको संचालक समिति बैठकले स्वीकृत गरेको छ।जोशीको फागुन ५ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत भएको हो।०७२ असार १३ गतेबाट नबिल बैंकको ब्यवस्थापकीय नेतृत्व सम्हालेका थिए।
बैंकिङ क्षेत्रमा जोशीले ३२ बर्ष पुरा गरिसकेका छन्। साढे १२ बर्ष त उनी एनआइसी एसियामै प्रमुख कार्यकारी भए। त्यो बेलाको नेपाल अरब बैंक अर्थात अहिलेकै नबिलबाट उनले करियर सुरु गरेका थिए।