मंसिर १५ – अर्जेन्टिनाले दुर्इ हप्तादेखि हराइरहेको पानी जहाज खोज्न असम्भव रहेको जनाएको छ । उसले खोजी अभियान रोकेको नौसेनाका प्रवत्ता एनरिक बाल्बीले जनाएका छन् ।
अर्जेन्टिनाका नौसेनाले चालक दलका सदस्य सहित ४४ जनाको उद्धार प्रयास रोकिएको बताएका बीबीसीले जनाएको छ । उनीहरु जिवितै भेटिन सक्ने सम्भावना पनि कम भएको नौसेनाले जनाएको छ । हराइरहेको यो पानी जहाज खोज्न १२ भन्दा बढी देश खटिएको थियो ।