• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

दाहालसँगको अन्तर्वार्ता : एमालेकै अध्यक्ष अबको प्रधानमन्त्री

१७ मंसिर २०७४, आईतवार १३:३४
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१७ मंसिर २०७४, आईतवार १३:३४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१७ मंसिर २०७४, आईतवार १३:३४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१७ मंसिर २०७४, आईतवार १३:३४
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१७ मंसिर २०७४, आईतवार १३:३४
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१७ मंसिर २०७४, आईतवार १३:३४

उपचुनावको परिणामले दिएको सन्देश !

१७ मंसिर २०७४, आईतवार १३:३४
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१७ मंसिर २०७४, आईतवार १३:३४

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१७ मंसिर २०७४, आईतवार १३:३४
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१७ मंसिर २०७४, आईतवार १३:३४
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१७ मंसिर २०७४, आईतवार १३:३४
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१७ मंसिर २०७४, आईतवार १३:३४
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१७ मंसिर २०७४, आईतवार १३:३४
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

दाहालसँगको अन्तर्वार्ता : एमालेकै अध्यक्ष अबको प्रधानमन्त्री

by NewsDesk
१७ मंसिर २०७४, आईतवार १३:३४
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १७, २०७४-

पुत्रवियोगको शोकलाई शक्तिमा बदल्दै निर्वाचनमा होमिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार बिहान यो अन्तर्वार्ता गर्नुअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी कार्यक्रममा जाने हतारोमा थिए । निर्वाचन व्यवस्थापनको अन्तिम तयारीमा आफ्नो निर्वाचन क्षेत्र चितवनबाट काठमाडौं आएका दाहालका अनुहारमा व्यस्तताबीचको उत्साह देखिन्थ्यो । प्रस्तुत छ, कान्तिपुरका गंगा बीसी र दुर्गा खनालले उनीसँग गरेको कुराकानी :
निर्वाचन अभियान कसरी चलिरहेको छ ? 

समग्रमा हेर्दा राम्ररी नै चलिरहेको छ । देशभरिबाट राम्रो रिपोर्ट पाएको छु । जनतामा उत्साह छाएको छ । वाम गठबन्धनप्रति भरोसा बढ्दो छ । मेरो आफ्नै निर्वाचन क्षेत्र चितवनमा पनि वातावरण राम्रो बनेको निष्कर्ष छ ।

धेरै ठाउँमा जानुभयो, मतदाताको मुख्य चासोचाहिं के पाउनुभएको छ ?

मतदाताको मुख्य ध्यान विकास निर्माणमा छ । राजनीतिक रूपमा सचेत जनताले चाहिं राजनीतिक स्थायित्व होस् भन्ने पनि चाहेका छन् तर मुख्य विषय ठूलो आयोजना र स्थानीय विकास निर्माणकै छ ।

पहिलोपटक गृहजिल्लाबाट चुनाव लड्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ?

आफू हुर्केको, पढे–खेलेको, बढेको ठाउँ, त्यहीं आफ्ना साथीभाइ, आफन्त बढी भएका नाताले अन्यत्रभन्दा त्यहाँ फरक ‘सेन्टिमेन्ट’ हुने कुरा स्वाभाविक हो । अहिले चितवनका जनताले एउटा ठूलो उत्साह र भरोसा मानेको स्थिति देख्छु । त्यहाँ जनतामा पार्टीगत विभाजन नै छैन । के कांग्रेस, के वाम गठबन्धन, के राप्रपा सबै नै राष्ट्रिय स्तरको ‘लिडरसिप’ चितवनको विकास र समृद्धिका निम्ति चाहिन्छ भन्ने भावना आम जनतामा छ । यो भावना जो देखेको छु, यसलाई मानिसहरूले पैसाले ‘डाइभर्ट’ गर्छन्, करोडौ खर्च गरेर यो भावना डाइभर्ट हुन्छ भन्ने लाग्दैन । जनताको भावना अर्बौं खर्च गरेर पनि बेचिन्छ र किनिन्छ भन्ने लाग्दैन ।

अहिले तपाईंहरूले वाम गठबन्धन बनाउनुभएको छ, यसको मत माग्ने मुख्य आधार के हो ?

पहिलो कुरा, राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन भनेका हौं । ७० वर्षदेखि नेपालको राजनीति अस्थिरता र अराजकताको भुमरीमै छ । कहिल्यै एउटै पनि सरकार पाँच वर्ष चलेन । वाम गठबन्धनले के भन्न खोजको छ भने अब पहिलोपटक पाँच वर्ष चल्ने सरकार बन्छ, वामपन्थीहरूको सरकार बन्छ भन्ने विश्वास दिलाउन खोजेका छौं । गठबन्धनको उद्देश्य स्थायित्व हो भन्ने हामीले भनेका छौं । दोस्रो कुरा, विकास निर्माण र समृद्धिमा केन्द्रित भएर जनताको अहिलेको आकांक्षा र आवश्यकतालाई जोड दिएर उठाएका छौं । अर्थात्, स्थायित्व र विकास हाम्रो मत माग्ने दुइटा आधार हुन् ।

कांग्रेसले वामपन्थी सरकार आएमा लोकतन्त्र धरापमा पर्छ, अधिनायकवादी शासन आउँछ भन्ने आरोप लगाएको छ नि ?

उहाँहरूले त्यस्तो धारणा राखेर गाली गरिराख्नुभएको छ । हामी सबैले मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । त्यही संविधानको हस्ताक्षरकर्ता पार्टीले फुटेका कम्युनिस्ट जुट्दै छन् भन्दैमा अधिनायकवाद आउँछ भन्नुचाहिं हास्यापद, गलत र लाजमर्दो हो । यत्रो ठूलो लोकतन्त्रका निम्ति लडेको, बीपी–गिरिजाहरूले बनाएका पार्टीका नेताहरूले अहिले आएर अधिनायकवाद आउँछ भन्नु, पहिले ६० वर्ष पुगेपछि कम्युनिस्टहरूले मार्छन् भनेर प्रचार गरिन्थ्यो नि, हो त्यस्तै हो । शान्तिपूर्ण राजनीति, लोकतान्त्रिक प्रणालीमा हाम्रो प्रतिबद्धता भइसक्यो, संविधान सबैले मिलेर बनाइसक्यौं, त्यसैले अब त्यही संविधान कार्यान्वयनको चरणमा हामी छौं भने यहाँ अधिनायकवादको कुरा कहाँबाट आयो ? हाम्रो भनाइ त फुटेका कांग्रेसहरू सबै मिलून् भन्ने हो । धेरै पार्टी हुनुभन्दा थोरै पार्टी हुँदा देशमा विकास निर्माण र स्थायित्वका लागि फाइदा हुन्छ । राष्ट्रको हितमा हुन्छ । मैले त नेपाली कांग्रेसका साथीहरूलाई बारम्बार भनेको भन्यै छु– विजय गच्छदार अहिले मिल्नुभयो, राम्रो भयो, अब महन्थ ठाकुरजीहरूलाई पनि मिलाउनुहोस्, त्यसले कांग्रेसलाई राम्रै हुन्छ । किन बेकारमा धेरै पार्टी चाहियो ।

दुई तिहाइ पुर्‍याएर वामपन्थीहरूले संविधान नै फेर्छन् भन्ने आशंका पनि गलत हो त ?

त्यो बिल्कुल गलत कुरा हो । हामीले लोकतन्त्रको भावना र मर्मअनुसारकै घोषणापत्र सार्वजनिक गरेका छौं । त्यसभन्दा बाहिर हामी जाने कुरा छैन । उहाँहरूले दुई तर्क गर्नुभएको छ, जसमा तालमेल पनि छैन । पहिलो कुरा, मिलेर अधिनायकवाद ल्याउने भए, संविधान संशोधन गर्ने भए पनि भन्नुहुन्छ, यो आधारहीन छ । अनि अर्कोतर्फ, यो गठबन्धन अवसरवादी हो, चुनावी रणनीतिका लागि मात्र हो, पछि टुटिहाल्छ नि पनि भन्नुहुन्छ । कुनचाहिं हो उहाँहरूले भन्न खोज्नुभएको ? यसबाट के देखिन्छ भने कांग्रेसका साथीहरू अलिकति आत्तिनुभएको छ । यसरी आत्तिनुपर्ने केही कुरो छैन । लोकतन्त्रमा पार्टीहरू मिल्छन्, फुट्छन् । लोकतन्त्र, राष्ट्र र जनताको हित तथा स्थायित्वका लागि थोरै पार्टी हुनु राम्रो हुन्छ ।

एमाले र माओवादीबीच पार्टी एकता हुने कुरामै शंका छ नि ? यो चुनावी रणनीति मात्र होइन भन्ने आधार के छन् ? 

हामीले पार्टीको एकता संयोजन समिति बनाएर साझा उम्मेदवार तय गरेका छौं। यो राजनीतिक स्थायित्वका लागि चुनावमा तालमेल गरेर मात्र हुँदैन भन्ने भएर हामी पार्टी एकता नै गर्ने निष्कर्षमा पुगेका हौं । पार्टी एकता गरेपछि मात्रै स्थायित्वका लागि योगदान हुन्छ भन्ने हाम्रो धारणा हो । त्यसकारण पार्टी एकता नै हुन्छ । सबैले सार्वजनिक रूपमा खुलेआम रूपमा पार्टी एकता गरियो भन्दै हिंडिएको छ । एक वा दुई महिना समय पाएको भए चुनावअघि नै एकता गर्ने थियांै तर चुनाव आइहाल्यो, प्राविधिक रूपमा मिलाउन अप्ठेरो भयो, त्यसैले निर्वाचनलगत्तै पार्टी एकता गर्ने भन्ने कुरा सबैले सार्वजनिक रूपमा भनेपछि अब यो विषयमा कसैले शंका राख्नु पर्दैन । यो विषयमा अब प्रश्नै रहेन ।

पार्टी एकतापछि तपाईं र केपी ओलीमध्ये कोसँग कार्यकारी अधिकार रहन्छ ? पदीय बाँडफाँट कसरी हुन्छ ?

पार्टी एकता संयोजन समिति गठन गरेर सहमति सार्वजनिक गर्ने बेलामा लिखित रूपमा हामीले यो समितिका दुई प्रमुख नेता भनिएको छ । दुई पार्टीका अध्यक्ष नै यो पार्टी एकताका प्रमुख नेता हुने भनिएको छ । यति भनेपछि अहिले नै को–के हुने भन्ने ‘फाइनल’ त गरेका छैनौं तर पार्टी अध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्रीलगायत थुप्रै कार्यकारी पद हुन्छन्, ती पदमा हामी सजिलै एकअर्कालाई ‘एडजस्ट’ गर्न सक्छौं ।

यसका लागि केही गृहकार्य पनि भइसकेको हो ?

धेरै त भएको छैन, तर मोटामोटी कुरा भएकै छ । त्यसमा ठूलो समस्या हुँदैन ।

चुनावमा वामपन्थीको बहुमत आयो भने प्रधानमन्त्रीचाहिं को हुने हो ? तपाईं कि केपी ओली ?

औपचारिक ढंगले निर्णय गरिनसकेकाले यो कुरा भन्नचाहिं अप्ठेरो हुन्छ तर तपाईंहरूले जसरी सीधा भाषामा सोध्नुभयो । अब ठूलो पार्टी हुनुको नाताले र अहिले संख्यात्मक हिसाबले पनि प्रधानमन्त्री एमालेकै अध्यक्ष हुने प्रबल सम्भावना रहन्छ । हाम्रो बहुमत आउँछ । तीनवटै तहको सरकारमा वामपन्थीको बहुमत हुने भयो । स्थानीय तहमा त भई नै सक्यो । अब प्रदेशसभा र प्रतिनिधिसभामा पनि हुन्छ । पहिलो चरणको निर्वाचनको मतको आकलन गर्दा त हामी दुई तिहाइकै नजिकजस्तो छौं । बहुमत भएपछि प्रधानमन्त्री र अरू कुराका बारेमा हामीले मिलाएर गर्ने भनेका छौं ।

उम्मेदवारी दर्ता गर्दा एमाले र माओवादीले ६० र ४० प्रतिशतको भागबन्डा गरेका थिए, अब परिणाम त्यही अनुपातमा आएन भने दुई पार्टीबीचको सहकार्य र एकतामा असर पर्छ कि पर्दैन ?

हामीले त्यसरी सोचेका छैनौं । ३२ जिल्लामा चुनाव भइसक्यो, हाम्रो आकलनअनुसार ती जिल्लामा हामीले भनेजस्तै दुई तिहाइभन्दा बढी जित भएको साझा निष्कर्ष छ । दुवै पार्टीको ६० र ४० को अनुपात राम्रैसँग कार्यान्वयन भएको छ भन्ने रिपोर्ट छ ।

समग्रमा चाहिं त्यो कार्यान्वयन भएन भने के हुन्छ ?

समग्रमा पनि कार्यान्वयन हुन्छ । यदि भएन भने के कारणले भएन भन्ने समीक्षा हुन्छ तर कम्युनिस्ट एकता देशको स्थिरताका निम्ति आजको आवश्यकता हो भन्ने सिद्धान्तबाट हामी दायाँ–बायाँ हुँदैनौं ।

– एमालेसँग पार्टी एकता हुनेमा कसैले शंका राख्नु पर्दैन ।

– ठूलो पार्टी हुनुको नाताले प्रधानमन्त्री एमालेकै अध्यक्ष हुने प्रबल सम्भावना छ ।

– हामी न चीनपरस्त, न भारतपरस्त– अब नेपाली राजनीति नेपालपरस्त भएर जानुपर्छ ।

– अधिनायकवाद आउँछ भन्नु पहिले ६० वर्ष पुगेपछि कम्युनिस्टले मार्छन् भनेजस्तै हो ।

– कांग्रेससँग दूरी बढाउने हाम्रो कुनै मनसाय छैन ।

– ३२ जिल्लाको चुनावमा हाम्रो दुई तिहाइभन्दा बढी जित भएको साझा निष्कर्ष छ ।

वामपन्थीको सरकार बनेपछि भारत र चीनबीच सन्तुलन मिल्दैन, त्यो बढी चीनतर्फ ढल्किने हुन्छ र यसले अर्को समस्या ल्याउँछ भन्ने टिप्पणी पनि सुनिन्छ नि ?

मैले त त्यस्तो कुरा त्यति धेरै सुनेको छैन । तर के भन्छु भने, पछिल्लो पटक म प्रधानमन्त्री हुँदा भारत र चीन दुवै देशसँग सन्तुलित छिमेक नीति र विश्वासको वातावरण बनेको छ । हामी कोही पनि हाम्रा छिमेकीहरूसँग नराम्रो सम्बन्ध होस् भन्ने चाहना राख्दैनौं । हामी न चीनपरस्त, न भारतपरस्त । अब नेपालको राजनीति नेपालपरस्त भएर जानुपर्छ । हिजो राजा–महाराजाहरूले ‘फुटाऊ र शासन गर’ को नीतिअन्तर्गत कोहीलाई भारतपरस्त र कोहीलाई चीनपरस्त बनाइदिने, अनि देशभित्र चाहिं जहिले पनि अराजकताको अवस्था रहने स्थिति थियो । मैले शान्तिसम्झौतासँगै अबको हाम्रो विदेश नीति नेपालपरस्त नै हुन्छ भनेको थिएँ । दुवै छिमेकी नेपाल स्थिर र विकसित होस् भन्ने चाहन्छन् । त्यो चाहनालाई हामीले पनि सदुपयोग गर्ने कुरा मुख्य हो । त्यसैले वामपन्थीहरूले जिते भने चीनतिर लाग्छन् या भारततिर लाग्छन्, या भारतको विरोध गर्छन् भन्ने बिल्कुल गलत हो । दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मैले त साबित नै गरेको छु । त्यही नीति नै अघि बढ्छ ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधान कार्यान्वयन गर्न कांग्रेससँग कसरी सहकार्य होला ?

मैले विभिन्न आमसभा र जनतासँग जोड दिएर भनिरहेको छु– कांग्रेससँग दूरी बढाउने हाम्रो कुनै मनसाय छैन । हामी चाहन्छौं, कांग्रेसको पनि राम्रो होस् । कांग्रेससँग विभाजन भएका शाखाहरू पनि मिलून् । दुई पार्टी सशक्त ढंगले आइदिने हो भने राजनीतिक स्थायित्व र देशको विकासका लागि राम्रो हुन्छ । वाम एकता संयोजन समितिको घोषणा गर्ने बेला मैले ‘यो गठबन्धन कसैका विरुद्ध होइन है’ भनेर भनेको छु । यो विचार मिल्नेहरूबीचकै एकताको कुरा हो । अरू विचार मिल्नेहरू पनि मिल्नुपर्छ । दोस्रो कुरा, कांग्रेससित पनि सहकार्य हुन्छ । एमाले–माओवादी मिलेपछि कांग्रेससित सहकार्य हुँदैन भनेर जुन प्रचार गरिएको छ, यो सही होइन । राष्ट्रिय मुद्दाहरूमा, जनतासँग सम्बन्धित विकासका मुद्दाहरूमा, केन्द्रीय मुद्दाहरूमा कांग्रेससँग सहकार्य गर्नुपर्छ र हुनुपर्छ । हामी सरकारमा छँदै छौं । कांग्रेससँग दुस्मनी नै गर्न खोजेको भए त्यतिबेला सरकार छोडेर बहुमत पुर्‍याएर अर्को सरकार गठन गर्न लागिन्थ्यो । त्यसबेला संसद् छँदै थियो । नेपाली कांग्रेस, शेरबहादुर देउवासँग जे सहमति भएको थियो, त्यसैअनुसार चुनावसम्म सरकारलाई समर्थन गर्ने कुरा पालन गरिरहेका छौं । नेपाली कांग्रेसलाई निषेध गर्ने, उससँग दूरी बढाउने वा सहकार्य नगर्ने भन्ने होइन । तेस्रो कुरा, शान्तिसम्झौताका केही काम बाँकी छन् । त्यो सम्झौतामा गिरिजाबाबु र मैले हस्ताक्षर गरी बनेको हो, त्यसलाई टुंग्याउन कांग्रेससँग सहकार्य गर्नैपर्छ । अब कम्युनिस्ट मिले पनि कांग्रेससँग सहकार्य हुँदैन भन्नु गलत हो । सहकार्य अहिले पनि भएको छ । म र कमरेड केपीले गठबन्धन बनेपछि शेरबहादुर देउवाजीलाई भनेका छौं, निर्वाचन राम्ररी गराउनुहोस्, हाम्रो समर्थन छ । यो पनि एक प्रकारको सहकार्य हो । यस्तो सहकार्य चलिरहेको छ ।

निर्वाचनमा शान्तिसुरक्षाको अवस्थालाई कसरी हेर्नुभएको छ ?

ठाउँठाउँमा बम विस्फोटका घटना भएका छन् । एकजनाको मृत्यु भइसकेको छ । केही घाइते भए । आपराधिक र अराजनीतिक खालका घटना भए । मैले गरेको हो भनेर कसैले भन्दैन । कुनै राजनीतिक मान्छे भएको भए, समूहले भनेको भए राजनीतिक उद्देश्य भन्नुपर्ने । घटना हुँदा एक पक्षले गरेको हो कि जस्तो देखिन्छ । त्यो नहुन पनि सक्छ । कोही आपराधिक पक्षले गरेको पनि हुन सक्छ । यी आपराधिक र अराजनीतिक घटना हुन् भनेर भन्न कतै द्विविधा छैन । राजनीतिक हुन् भने यो राजनीतिक उद्देश्यका लागि भन्नुपर्‍यो । राजनीतिक उद्देश्य भए त्यहीअनुसार ‘डिल’ गर्न सकिन्छ । कसैले पनि जिम्मा नलिए डिल गर्ने अर्को तरिका हुन्छ । मुख्य गरी सरकारको गृह मन्त्रालयले यी घटनालाई गम्भीरतापूर्वक लिएर नियन्त्रण गर्नुपर्नेमा त्यहाँ कहीं न कहीं कमजोरी देखिएको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका मान्छेलाई छोड्ने कुरा पनि गरे । सरकारको नेतृत्व गर्ने पार्टीकै कतिपय मान्छे नरम भएजस्तो देखिएको थियो । दुई–चार दिन वामलाई परोस् भनेर न्यानो मानेका थिए । पछि विस्फोटका घटना उनीहरूप्रति पनि भए । त्यसपछि नियन्त्रण गर्न खोजेजस्तो देखिन्छ । यी घटना नियन्त्रण गर्न जुन तत्परता र कडाइ गर्नुपर्ने हो, खास भएको छैन । सरकारले यसलाई गम्भीर रूपले लेओस् । बम विस्फोटनका घटना बनाएर राजनीतिक कोर्स यताउता पार्ने कसैले दिवा सपना नदेखे हुन्छ । पार्टी, जनता सबै तयार छन्, देशले सही दिशा लिइरहेको छ । अपराधीजस्तो लुकेर–छिपेर बम विस्फोट गराएर राजनीतिक कोर्स फेरिन्छ भन्नु त्यसभन्दा मूर्खता केही होइन ।

तपाईं पुत्रवियोगको शोकमा हुनुहुन्छ, शोकका बेला चुनावमा होमिनुपर्दा कस्तो लागेको छ ?

निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला छोरा प्रकाशलाई निर्वाचन व्यवस्थापनका केही कामका लागि चितवनबाट काठमाडौं पठाएको थिएँ । यही घरमा बसिरहेका बेला अचानक हृदयाघात भएर उसको निधन भयो । निर्वाचनको मुखमा परिवार र पार्टीका लागि मर्माहत घटना थियो त्यो । मैले आर्यघाटमा दागबत्ती दिँदै गर्दा मनमा स्वत: आयो– यो देशका सबै युवायुवती मेरा लागि प्रकाश हुन् । त्यही सोच्दै जनतातिर फर्केर मेरा दुई हात उठे । अहिले चितवनका सभामा भन्ने गरेको छु– मेरा लागि देशका सबै युवायुवती प्रकाश हुन्, उनीहरूको उन्नति, रोजगारी र देशका लागि काम गर्नु मेरो बाँकी जीवनको संकल्प हो । प्रत्येक घरमा प्रकाश ल्याउँछु भनेको छु । अर्को पाटो के हो भने प्रकाश सफल भएर गयो । उसले ३६ वर्षमा झन्डै ७२ वर्ष बाँचेर गयो जस्तो लाग्छ । उसका पछिल्ला काम हेर्दा परिपक्व हुँदै आएको थियो । आम जनता र युवाको उसप्रति सद्भाव र परिवारप्रति समवेदना देखा पर्‍यो । अहिले मेरा लागि त्यही नै शक्ति हो । मैले शोकबाट शक्ति पाएको छु । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी भावुक भएर आफ्नै परिवारको सदस्य गुमेजस्तै समवेदना दिनुभयो । चीन सरकारले तुरुन्तै समवेदना पठायो, राष्ट्रसंघबाट पनि समवेदना आयो । देशभरिबाटै समवेदना आए, यो पार्टी, त्यो पार्टी भन्ने नै भएन । घटना अप्रत्याशित, अकल्पनीय गरी आयो तर जनताबाट मलाई ठूलो ताकत मिलेको छ ।

तपाईं, जसले युद्ध हाँक्नुभयो, माओवादीलाई शान्ति प्रक्रियामा ढाल्नुभयो, गणतन्त्र ल्याउन योगदान पुर्‍याउनुभयो, संविधान जारी गर्न भूमिका खेल्नुभयो र अब त्यसको कार्यान्वयनका लागि निर्वाचनमा जाँदै हुनुहुन्छ । कस्तो महसुस भएको छ ?

इतिहासमा थोरै मान्छेलाई मात्र यस्तो अवसर प्राप्त हुन्छ, जो मलाई भयो । मैले विद्रोह गरें, त्यो विद्रोहलाई शान्तिपूर्ण अवतरण गराएँ । त्यो विद्रोहमार्फत् ठूलो राजनीतिक परिवर्तन भयो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई डोर्‍याउने मुख्य कारक पनि मैले नेतृत्व गरेको आन्दोलन बन्यो । अनि शान्तिसम्झौता पनि सफल ‘स्टोरी’ का रूपमा आएको छ । अहिले अमेरिका र युरोपमा यसको अध्ययन हुँदै छ, यसरी सफल कसरी भयो भनेर । संविधानसभाबाट संविधान बनाउने ६०–६५ वर्षदेखिको मुद्दा थियो । त्यसमा पनि मैले नेतृत्व गर्ने अवसर पाएँ । संविधान कार्यान्वयन गर्ने बेला के हुन्छ भन्ने थियो । स्थानीय तहको निर्वाचनमा सिंगो देश मधेस, पहाड, हिमाल, तराईलाई ल्याउने भूमिका प्रधानमन्त्रीका रूपमा मेरो रह्यो । त्यसकारण अब प्रदेश र संघको निर्वाचन भइसक्यो भने पनि हुन्छ । त्यसो हुँदा म आफूलाई गौरवशाली पात्रका रूपमा पाउँछु । यति अवसर– विद्रोह, ठूलो राजनीतिक परिवर्तन, शान्ति प्रक्रियाको सफल कार्यान्वयन, संविधानसभा, संविधान घोषणा र त्यसको कार्यान्वयन अनि स्थिर सरकार बनाउने र नेतृत्व गर्ने अवसर आइपुग्यो । यो प्राप्त गर्न धेरै चुनौती र अग्निपरीक्षामा म छिर्नुपर्‍यो । ठूला अप्ठ्याराको सामना नगरी यो आएको होइन । इतिहास र जनताले यसको उच्च मूल्यांकन गर्छन् भन्नेमा म विश्वस्त छु । अब त मेरा लागि राष्ट्र र जनताबाहेक अरू स्वार्थ छैन ।

http://kantipur.ekantipur.com/news/2017-12-03/20171203070449.html

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१७ मंसिर २०७४, आईतवार १३:३४
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१७ मंसिर २०७४, आईतवार १३:३४
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१७ मंसिर २०७४, आईतवार १३:३४
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१७ मंसिर २०७४, आईतवार १३:३४
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१७ मंसिर २०७४, आईतवार १३:३४
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१७ मंसिर २०७४, आईतवार १३:३४
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१७ मंसिर २०७४, आईतवार १३:३४

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१७ मंसिर २०७४, आईतवार १३:३४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१७ मंसिर २०७४, आईतवार १३:३४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१७ मंसिर २०७४, आईतवार १३:३४
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?