होत्तरी, मंसिर १४ – महोत्तरीको गौशाला नगरपालिकाले ताकिएको भन्दा बढी कर लिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरेको छ । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोका अनुसार नगरपालिकामा विभिन्न ३५ वटा शिर्षकमा २० रुपैयाँ कर तोकिएको र तोकिएकोभन्दा बढी रकम लिने कर्मचारीलाई कारवाही गरिने उहाँले बताउनुभयणे ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर महतोले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘पछिल्लो समय नगरपालिकाका कर्मचारीले मनोमानी ढंगले राजश्व उठाउने गरेको गुनासोको आधारामा यस्तो निर्णय गरेका हौ ।’