• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

‘तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ’

१८ मंसिर २०७४, सोमबार १२:२३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१८ मंसिर २०७४, सोमबार १२:२३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१८ मंसिर २०७४, सोमबार १२:२३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१८ मंसिर २०७४, सोमबार १२:२३
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१८ मंसिर २०७४, सोमबार १२:२३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१८ मंसिर २०७४, सोमबार १२:२३

उपचुनावको परिणामले दिएको सन्देश !

१८ मंसिर २०७४, सोमबार १२:२३
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१८ मंसिर २०७४, सोमबार १२:२३

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१८ मंसिर २०७४, सोमबार १२:२३
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१८ मंसिर २०७४, सोमबार १२:२३
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१८ मंसिर २०७४, सोमबार १२:२३
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१८ मंसिर २०७४, सोमबार १२:२३
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१८ मंसिर २०७४, सोमबार १२:२३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

‘तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ’

by NewsDesk
१८ मंसिर २०७४, सोमबार १२:२३
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । उनी छोटो र सूत्रमा कुरा गर्न रुचाउँछन्, गिरिजाप्रसाद कोइरालाझैं । त्यसमाथि निर्वाचनको मौन अवधि नजिकै आइसकेको सन्दर्भमा देउवा बढीभन्दा बढी कार्यक्रममा सहभागी हुन चाहन्थे । त्यसैले मंसिर १७ गते धनगढीमा हामीले उनलाई सीधै विषय प्रवेश गराउने प्रश्नबाट संवादको थालनी गर्‍यौं ।

दोस्रो चरणको मतदान नजिक आउँदै गर्दा कस्तो महसुस गर्दै हुनुहुन्छ ?

ठूलो सन्तोषको अनुभव गर्दै छु । हामीले जुन संविधान बनायौं, यो एक समावेशी संविधान हो । यसमा मधेसी, महिला, दलित, आदिवासी, जनजाति आदि सबैलाई आरक्षण दिइएको छ । हाम्रो यो संविधान पूर्ण कार्यान्वयनको चरणमा पुगेको छ । स्थानीय निर्वाचन सम्पन्न भइसक्यो । अब केन्द्र र प्रदेशको निर्वाचन पूरा हुँदै छ । यसका साथै नेपालमा राजनीतिक संक्रमणको युग सफलतापूर्वक रूपान्तरण हुँदै छ ।

केही समय अगाडिसम्म ‘देउवाले चुनाव गराउँदैनन्, गराउन सक्दैनन्, चुनाव सार्ने षड्यन्त्र गर्दै छन्, अयोग्य हुन्’ भन्नेहरू पनि थिए । निर्वाचन साँच्चिकै नभएको भए अपजसको भार तपाइँलाई बोकाइने थियो । तर, आज दूरगामी महत्वका निर्वाचनहरू सम्पन्न गराएको स्वाभाविक जस पनि तपाइँलाई  दिन कन्जुसी भएको जस्तो लाग्दैन ?

हेर्नुस्, जस अपजसका लागि काम गरेको होइन तर पनि अलिकति दुःख लाग्छ । निर्वाचन गराउँदै छ भन्ने पूरापूर थाहा भएका विपक्षी नेताले समेत ‘शेरबहादुर चुनाव सार्दै छ’ भन्ने झुटा प्रचार गर्दै हिँडे । इतिहासले मूल्यांकन गर्ला, गणतान्त्रिक नेपालको संक्रमणकाल समाप्त गर्ने निर्वाचनहरू कसले गरायो । हुन त यो कुनै नयाँ कुरा पनि होइन । २००७, २०४६, २०६२÷६३ का सबै परिवर्तनहरू हाम्रै नेपाली कांग्रेस पार्टीले निर्णायक भूमिका गरेपछि भएका त हुन् । अहिलेको घटना पनि त्यसै ऐतिहासिक शृंखलाको नयाँ अध्याय हो । अब नेपाल कसैले खोस्न नसक्ने लोकतन्त्रको युगमा प्रवेश गरेको छ।

मिडियासँग कुनै गुनासो छ ?

छैन । डेमोक्रेसी हो । लागेको विरोध गर्न पाइन्छ । तर, विरोध सही नभए इतिहासले त्यसलाई पखालिदिन्छ ।

कांग्रेसलगायत नेपालका अन्य ठूला दलहरू संघर्ष गर्न सक्ने तर सत्तामा पुगेपछि ‘डेलिभरी’ चाहिँ गर्न नसक्ने रूपमा पनि चित्रित छन् । कुनै टिप्पणी ?

(अलि झर्कंदै) कसले भन्यो कांग्रेसले डेलिभरी गरेन भनेर । अहिले जसरी संविधान अब पूर्ण कार्यान्वयनको चरणमा पुगेको छ, के त्यो डेलिभरी होइन ? यो भन्दा ठूलो डेलिभरी के हुन्छ ? तपाइँ हिजो साँझ काठमाडौंबाट आएर अहिले बिहान अन्तर्वार्ता गरेर आजै दिउँसो काठमाडैाँ फर्कनुहुन्छ । हवाई क्षेत्रको विकास नभएको भए यो सम्भव थियो ? कसले गर्‍यो हवाई नीतिमा परिवर्तन ? थाहा छ तपाइँलाई बाटो घाटो, स्वास्थ्य, शिक्षा, सञ्चार, कृषि, उद्योग, व्यापार, बैंक, विभिन्न सेवा यी सबै क्षेत्रमा यसकारण विकास सम्भव भयो किनभने उदारीकरणको नीति हामीले ल्यायौं ।

होइन भने आज त्यही एउटा आरएनएसीको टिकट लाइनमा हुनुहुन्थ्यो तपाइँ । यतिका टिभी, रेडियो, अखबार कहाँबाट आए ? आकाशबाट झरेका त होइनन् । हाम्रै उदार नीतिका परिणाम हुन् । यही राजमार्गका २२ वटा पुल कसले बनायो, हाम्रो पालामा बनेको होइन ? हो, राजनीति ट्र्याकमा नभएकाले गर्नुपर्ने जति सकिएन । बीचैमा माओवादीले हिंसा नमच्चाएको भए देश कहाँ पुगिसक्थ्यो । अब हुन्छ विकास । हेर्दै जानुस् ।

स्वास्थ्य क्षेत्रको विकासको कुरा गर्दा डा. गोविन्द केसीको माग सम्बोधन गर्न तपाइँको सरकारले ल्याएको अध्यादेशबारे कुनै टिप्पणी ?

सुरुमा त मैले यस विषयमा कुरा अलि बुझ्या थिइनँ । पछि बुझ्दै जाँदा उहाँका कतिपय भनाइ ठीक लाग्यो ।

अहिले निर्वाचनको दौरानमा भएका हिंसात्मक गतिविधिलाई कसरी हेर्नुभएको छ ? नियन्त्रण गर्न किन सकिएको छैन ?

नियन्त्रण त भइराख्या छ नि ! बुझ्नुपर्ने कुरा के छ भने नेपालमा कोही न कोही यस्तै तत्व सधैँ आइराख्छ । कहिले के नाममा, कहिले के नाममा । अब चुनाव पछि सर्वदलीय सहमति गरेर एउटा फैसलामा पुग्नै पर्छ, यस्ता गतिविधिको सामना कसरी गर्ने । कि बार्ता गर्नु पर्‍यो कि मुकाबिला ।
कुन-कुन विषयमा नेपालमा अब सर्वदलीय सहमति हुनुपर्छ ?
पहिलो, हिंसा हत्याका विषयमा ।

विदेश नीतिको मामिलामा ?

विदेश नीतिका सम्बन्धमा मेरो प्रस्ट धारणा छ । नेपालको राष्ट्रिय स्वार्थ र नेपालीको हित केमा छ भन्ने कुरा सबैभन्दा पहिला परिभाषित हुनुपर्छ । भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा छ । यसबाहेक अन्य मित्रराष्ट्रहरू पनि छन् ।

भारत र चीन दुवैलाई नेपालले किन साँचो अर्थमा आश्वस्त तुल्याउन सकेको छैन ?

आश्वस्त पार्नुपर्छ । अर्को कुनै बाटो नै छैन । मलाई लाग्छ, यस विषयमा पनि अब नेपालका राजनीतिक दलबीच साँचो अर्थको राष्ट्रिय सहमति हुनुपर्छ ।

के आजको दिनमा छिमेकी राष्ट्र हामीसँग पूरा ढुक्क छैनन् ?

त्यसरी भन्नुभन्दा, उनीहरूलाई अझ बढी आश्वस्त बनाउनुपर्ने खाँचो छ भन्दा राम्रो हुन्छ ।

नेपालको विदेश नीति स्थिर नभईकन नेपालको लोकतन्त्र पनि अस्थिर नै रहने खतरा छ भनेर कसैले भन्यो भने ?

मैले तपाइँलाई भनिसकेँ नि ! देशभित्र आन्तरिक सहमति भएपछि यो प्रश्नको जवाफ स्वतः प्राप्त हुनेछ । सुरुवात आफैंबाट गरौं । सहमतिको सुरुवात देशभित्रै गरौं । अनि छिमेकीहरूसँग कुरा गरौंला।

पछिल्लो समयमा प्रचण्डजीसँग तपाइँका सम्बन्धमा धेरै उतार चढाव आयो । त्यसले गर्दा राजनीतिक  शक्ति सन्तुलनको तराजु नै हल्लिएको अवस्था छ अहिले । कुनै टिप्पणी ?

तराजु साँच्चिकै हल्लिएको हो कि हाललाई मात्र त्यस्तो देखिएको हो, अहिल्यै भन्न सकिन्न । प्रचण्डजीको व्यवहारका विषयमा म अहिल्यै धेरै बोल्न चाहन्नँ । मलाई आश्चर्य लाग्या छ । उहाँले अचानक कुरा फेर्नु भो ।

नवगठित वाम गठबन्धनबारे तपाइँको टिप्पणी ?

त्यसको भित्री उद्देश्य अझै प्रस्ट भइसकेको छैन । कम्युनिस्ट कम्युनिस्ट किन अचानक एक भए ? हिजो किन भएनन् ? एकाएक किन भए ? भित्री डिजाइन के छ ? केही समयपछि स्थिति स्पष्ट होला । अनि टिप्पणी गरौंला ।

किन ? उनीहरू एकठाम आए राम्रो होइन र ? राजनीतिक स्पष्टताका लागि ?

(हाँस्दै ) कम्युनिस्टलाई उसको बोलाइबाट होइन काम गराइबाट मात्र नाप्नुपर्छ । भोलि उनीहरू कसरी जान्छन् त्यो हेर्नुपर्छ । उनीहरू राष्ट्रपतीय पद्धति ल्याउनुपर्छ भनिराखेका छन् । हाम्रो संविधान समावेशी छ । मधेसी, महिला, जनजाति, दलित, आदिवासी, थारू आदिका लागि आरक्षण छ । एकै जनाको हातमा यत्रो शासन दिने व्यवस्था र संविधानका मर्म एकैसाथ जान सक्छन् र ? सुन्दा मीठो लागे पनि नेपालजस्तो विविधताको देशमा राष्ट्रपतीय प्रणाली थाम्न सकिन्छ कि सकिन्न ? जटिल समाज छ हाम्रो । समावेशिता यो संविधानको आत्मा हो । त्यसलाई असर गर्नु भनेको यो संविधान च्यात्नुसरह हो ।

तपाइँ अधिनायकवाद ल्याउँछन् भन्नुहुन्छ । ओलीजीले ‘म लोकतन्त्रका लागि त्यति लडेको मान्छे, कसरी ल्याउँला ? ’ भनेर जवाफ दिनुभयो …

ओलीजीको लडाइँ लोकतन्त्रका लागि थियो कि कम्युनिस्ट शासनका लागि भन्ने कुरा आउने दिनले फैसला गर्नेछ । होइन भने उहाँहरू संविधान संशोधनको कुरा किन गर्दै हुनुहुन्छ अहिले ?

तपाइँ भन्दै हुनुहुन्छ कि राष्ट्रपतीय शासन पद्धतिले अन्ततः नेपाललाई अधिनायकवादतिर लिएर जान्छ?

हो । लेखेर राख्नुस्- नेपालजस्तो विविधताले भरिएको देशमा समावेशिताको सिद्धान्तलाई त्यागियो भने अकल्पनीय दुर्घटना हुनेछ । यो नेपाल पुरानो नेपाल होइन । अधिनायकवादकै सम्बन्धमा अर्को कुरा- उनीहरूले आफ्नो पार्टीको नाम कम्युनिस्ट पार्टी किन राख्नुपर्‍यो ? कम्युनिस्ट भन्नेबित्तिकै अधिनायकवादलाई जनाउँछ भन्ने बच्चा-बच्चालाई थाहा छ ।
ओलीजीले मलाई केही दिनअघि भनिसक्नु भो ‘वस्तुतः यो कम्युनिस्ट गठबन्धन पनि होइन वामपन्थी गठबन्धन पनि होइन ।’त्यसो हो भने पार्टीको नाम फेर्नुपर्‍यो । कसलाई मूर्ख बनाएको ? कम्युनिस्ट देशमा पनि चुनाव हुन्छ र ? म कांग्रेस हुँ । गर्व गर्छु कांग्रेसी भएकोमा । उहाँहरूले पनि आफू कम्युनिस्ट भएकोमा गर्व गर्नुपर्‍यो नि !

चुनाव परिणाम कस्तो आउला भनेर अपेक्षा गर्नुभएको छ ?

म ढुक्क छु । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हुनेछ ।

तपाइँको पार्टी बहुमतमा आए प्रधानमन्त्री को हुनेछ ?
हामीसँग एक से एक दावेदार तयार छन् ।

तपाइँ ?
ह्वाई नट ?

पुस्ता हस्तान्तरण ?

जरुर । सधैं हामीले चलाउने हो र ! सही समय आएपछि त्यो भइहाल्छ ।

निर्वाचनको पूर्वसन्ध्यामा केही थप भन्न चाहनुहुन्छ ?

यो निर्वाचन सम्पन्न भएपछि लोकतान्त्रिक नेपालमा संक्रमणकालको सफलतापूर्वक व्यवस्थापन हुँदै छ । नेपाली कांग्रेस मौसमी झार होइन, सती सालको रूख हो । हामी धेरै बोल्दैनौं तर बोलेका कुरा पूरा गर्छौं । अब विकासको युग थालनी गर्नेछौं ।

विपक्षी दलहरूलाई केही भन्न चाहनुहुन्छ कि ?

हामी जुन लोकतन्त्रमा छौं, त्यसमा भोलिका दिनमा पनि मिलेरै जानुपर्ने हुन्छ । तुच्छ गाली-गलौज नगरौं । स्वस्थ प्रतिस्पर्धा गरौं ।
यति भनेर प्रधानमन्त्री देउवाले घडी हेरे । मैले बुझिहालें । म काठमाडौं फर्कन धनगढी एयरपोर्टतिर लागें, उनी डडेलधुरा । त्यसअघि मैले उनको एउटा तस्बिर आफ्नो मोबाइलमा खिचें । एक यस्तो मानिसको तस्बिर, जसले पञ्चायतका कठोर दिनमा नेविसंघबाट राजनीति थाल्यो । बीचको एक समयमा प्रजातन्त्र दरबारमा बुझाएको भनेर आरोपित भयो । र, कालान्तरमा गणतन्त्रको संक्रमणकाल अन्त्य गर्ने निर्णायक भूमिका उसको भागमा पनि नियतिले लेखेको रहेछ ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१८ मंसिर २०७४, सोमबार १२:२३
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१८ मंसिर २०७४, सोमबार १२:२३
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१८ मंसिर २०७४, सोमबार १२:२३
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१८ मंसिर २०७४, सोमबार १२:२३
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१८ मंसिर २०७४, सोमबार १२:२३
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१८ मंसिर २०७४, सोमबार १२:२३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१८ मंसिर २०७४, सोमबार १२:२३

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१८ मंसिर २०७४, सोमबार १२:२३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१८ मंसिर २०७४, सोमबार १२:२३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१८ मंसिर २०७४, सोमबार १२:२३
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?