एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री शिल्पा शेट्टी एक कानुनी चेपुवामा फसेका छन् । सलमान र शिल्पाविरुद्ध नेशनल टि.भि.मा आपत्तीजनक कमेन्ट गरेका भन्दै वाल्मिकी समाजले गुनासो दर्ता गराएको हो ।
यस मुद्धामा ‘नेशनल कमिशन फर शेड्युअल ट्राइभ’ले सुचना जारी गर्दै सुचना तथा प्रशासन मन्त्रालय र दिल्ली-मुम्बई प्रहरी कमिसर्स’ मार्फत ७ दिन भित्र जवाफ मागेको छ ।
वाल्मिकी समाजका अनुसार सलमान र शिल्पाले पब्लिकल्ली गलत शब्दको प्रयोग गरेर समाजको भावनामा ठेस पु¥याएका छन् । यसै मुद्धालाई लिएर वाल्मिकी समाजले मुद्धा दर्ता गरेर उनिहरुलाई सक्त कार्वाही गर्न माग गरेका छन् ।
अभिनेता सलमान खान भने आफ्नो फिल्म ‘टाइगर जिन्दा है’को प्रोमोशनको दौरानमा आफ्नो डान्स स्टाइल कथित जातीवादको रुपमा प्रस्तुत गरेका थिए ।
सलमान खानको यसै भिडियो अहिले सोसल मिडियाहरुमा निकै भाईरल बनिसकेको छ । जसको कारण अहिले उनी आलोचित बन्नुका साथै कानुनमने चेपुवामा फसेका हुन् ।
अर्कोतर्फ अभिनेत्री शिल्पा पोखरेलले मिडियासँग कुराकानी गर्दा खास तरिकाको ड्रेसअप गर्ने बताएकी थिईन् । शिल्पाको यसै सानोतिनो कुरालाई लिएर वाल्मिकी समाज एक्शन कमिटी दिल्लीले गुनासो दर्ता गरेको हो । अहिले यो समाजले अगरामा अभिनेता खानको फिल्मको खुलेरै बिरोध पनि गरिरहेका छ । सरद राई