
काठमाडौं। स्वास्थ्य सेवा पछिल्ला दिनहरुको सेवा भाव भन्दा पनि व्यापार मुखी भएको छ । धेरै प्राईभेट अस्पतालहरु बिरामीको उपचार भन्दा पनि पैसा असुल्ने धन्दामा हुन्छन् । महारजगंजमा रहेको अन्तराष्ट्रिय बालमैत्रि अस्पतालले गर्दै नगरेको उपचार शिर्षकमा झापाका भुपेन्द्र शिवाकोटीसँग १२ हजार रुपयौँ बढि लिएको भन्दै उनि हाम्रो कार्यालय आईपुगे ।
अस्पतालले उनीसँग ३ ओटा फरक फरक शिर्षक बनाएर पैसा लिएको रहेछ । भुपेन्द्रका ८ बर्षीय छोरा सुरेस शिवाकोटीको आन्द्रामा घाउ छ । हरेक बर्ष आन्द्राको ब्यानडीङ गर्नुपर्छ यहि कारण ९ दिनसम्म नर्भिक अस्पतालमा उपचार गराएर डा. विनिता जोशीले उनको उपचार गरिन् र ब्यान्डीङको लागि बुधबारमात्रै महराजगंज स्थीत अन्तराष्ट्रिय बालमैत्री अस्पतालमा रिफर गरियोे ।
यो अस्पतालमा पनि उनै डा. जोशीले ब्यानडीङ गरिन् । जब भुपेन्द्र छोराको बिल तिर्न लागे, बिलमा इन्डोस्कपी शिर्षकमा १२ हजार रुपयाँै देखेपछी उनी झस्कीए । किन भने अन्तराष्ट्रिय बालमैत्रि अस्पतालमा उनको छोराको इन्डोस्कपी नै गरिएको छैन ।
त्यसपछि उनले डाक्टर जोशीलाई सम्पर्क गरे । डक्टरले ईन्डोस्कपी नगरेको भनेपछि उनि फेरी काउन्टरमा गए । तर काउण्टरबाट उनको पुरानो बिल फिर्ता मागियो र फेरी इन्डोस्कपीको शिर्षकमा सर्जरी भन्ने शिर्षक मात्रै परीवर्तन भएर उहि बिल आयो ।
फेरी उनको छोराको सर्जरी पनि भएको छैन । दोस्रो पटक पनि हुँदै नभएको सर्जरी शिर्षक राखेर उहि १२ हजार सहितको बिल आयो । हामीले डा जोशीलाई हाम्रौ अघि फोन गर्न लगायाँै । डाक्टर यो पटक पनि इन्डोस्कपी, सर्जरी केही गरेको छैन भनिन् ।
यसपछी हाम्रो टिम भुपेन्द्रसँगै अस्पतालमा पुग्यो । अस्पतालको काउण्टरकी क्यासीएरुसँग गुनासो राख्दा डा विनिताले नै सिफारीस गरेको बिल भन्ने जवाफ आयो । र हाम्रौ अघाडी डा. विनितासँग फोन कुरा गर्न लगायौँ ।
डाक्टरको फोन पछि फेरी पनि उहि बिल तर व्यानडीङ शिर्षक भनेर १२ हजार नै राखिएको बिल आयो । व्यानडीङको १२ हजार र व्यानडको ८ हजार उल्लेख गरिएको छ । यो बिल हेर्नुुहोस ।
हाम्रो टिम यो बिषयमा थप बुभ्न विहिबार अस्पतालका प्रमुख डा सनतचन्द्र शाक्यलाई भेट्न पुग्याँै । उनले व्यान्डको मुल्य ८ हजार र डाक्टरले व्यानडीङ गरिपदएको चार्ज १२ हजार हो भन्ने जवाफ दिए ।
पहिले बिलमा इन्डोस्कपी, दोस्रो बिलमा सर्जरी र तेस्रो बिलमा व्यानडीङ उल्लेख गरीएको बिषयमा भने बिरामीका आफन्तलाई बुझाउन लेखिएको बताए । यी बिलमा शिर्षक मात्रै फरक पारिएको छ तर मुल्य १२ हजार नै छ । जसले स्पष्र्ट पार्छ अस्पताले ठगी गरिरहेको छ ।