• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !

१६ मंसिर २०७४, शनिबार ११:३८
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१६ मंसिर २०७४, शनिबार ११:३८
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१६ मंसिर २०७४, शनिबार ११:३८
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१६ मंसिर २०७४, शनिबार ११:३८
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१६ मंसिर २०७४, शनिबार ११:३८
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१६ मंसिर २०७४, शनिबार ११:३८

उपचुनावको परिणामले दिएको सन्देश !

१६ मंसिर २०७४, शनिबार ११:३८
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१६ मंसिर २०७४, शनिबार ११:३८

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१६ मंसिर २०७४, शनिबार ११:३८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१६ मंसिर २०७४, शनिबार ११:३८
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१६ मंसिर २०७४, शनिबार ११:३८
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१६ मंसिर २०७४, शनिबार ११:३८
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१६ मंसिर २०७४, शनिबार ११:३८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !

by NewsDesk
१६ मंसिर २०७४, शनिबार ११:३८
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

१६ मंसिर, टीकापुर (कैलाली) । शुक्रबार बिहानै स्थानीय महिला पतञ्जली योग समितिले टीकापुरमा होम आयोजना गरेको थियो । सबै पार्टीका प्रतिनिधि र प्रदेशसभा उम्मेदवार होममा आमन्त्रित थिए । र, त्यसैमा पर्थे दुई महिला पनि, जो कैलाली-१ बाट प्रतिनिधिसभाका प्रतिस्पर्धी बनेका छन् ।

उनीहरु हुन्-कांग्रेसकी पूर्वसांसद ईश्वरी न्यौपाने र वाम गठबन्धनका तर्फबाट एमाले केन्द्रीय सदस्य मदनकुमारी शाह, जसलाई गरिमा शाहका नामबाट पनि चिनिन्छ ।

न्यौपाने कांग्रेसकी केन्द्रीय सदस्य र पूर्वसचेतक हुन् । उनी कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली मानिन्छिन् । शाह ०७० सालकी समानुपातिक सांसद हुन् । युवा संघ हुँदै एमाले राजनीतिमा प्रवेश गरेकी चिर परिचित युवा नेतृ हुन्, शाह ।

दुबै नेतृहरु ०७० सालको संविधान सभामा समानुपातिक सभासद् थिए ।

मुलुकभरका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी बनेका उम्मेदवारहरु एकअर्कालाई घोचपेच र कटाक्ष गर्न व्यस्त छन् । न्यौपाने र शाहको चुनाव प्रचार शैली अलि बेग्लै छ । दुवैले मतदातामाझ आफ्नो शान्त र भद्र स्वभाव प्रस्तुत गर्ने गरेका छन् । आपसी घोचपेचलाई टाढा राखेका छन् ।

जसले जिते पनि एक महिला संसदमा पुग्ने कुरालाई उनीहरुले मुख्य विषयवस्तु बनाएको पाइन्छ ।

महिला हुनुको शालीनता प्रस्तुत गरिरहँदा उनीहरुमध्ये कसले जित हात पार्लान् भन्ने आँकलन स्थानीय बासिन्दाले गर्न सकिरहेका छैनन् । पार्टीगत संगठनका हिसाबले पनि दुवै लाभमै देखिन्छन् ।

टीकापुर क्षेत्रबाट ०७० सालको निर्वाचनमा जनकराज चौधरीले जितेका थिए, लोकतान्त्रिक फोरमबाट । पार्टी एकतासँगै जनक पनि अहिले कांग्रेसमा पुगेका छन् । र, अहिले उनी कांग्रेसबाट कैलाली १ ‘क’मा प्रदेश सभाका उम्मेदवार बनेका छन् ।

कैलाली-१ मा स्थानीय निर्वाचनको मतमा लोकतान्त्रिक गठबन्धन अगाडि थियो । तथापि, थोरै मतले टीकापुर नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

यस क्षेत्रमा टीकापुर नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका पर्छन् ।

अहिले राप्रपाले पनि कांग्रेस उम्मेदवार न्यौपानेलाई समर्थन गरेको छ । तत्कालीन फोरम लोकतान्त्रिकको प्रभाव क्षेत्र भएकाले त्यो लाभ पनि कांग्रेस नेतृ न्यौपानेलाई देखिन्छ ।

एमाले नेतृ शाहसँग माओवादीको संगठन पनि जोडिएको छ । सोही कारण उनको ‘पोजिसन’ पनि कमजोर देखिँदैन । खासगरी, थारु समुदायमा माओवादीको पकड राम्रो मानिन्छ ।

भूमिगतको डर

ईश्वरी र गरिमा दुबैलाई ७ भदौ ०७२ मा टीकापुरमा भएको नरसंहारका मुख्य योजनाकार भएको आरोप लागेपछि भूमिगत बनेका रेशमलाल चौधरीले पनि उम्मेदवारी दिएर दिएका छन् । उनी राजपामार्फत् प्रतिनिधिसभाका उम्मेदवार बनेका हुन् । उनको पक्षमा थारु समुदायको मत पर्याप्त खस्यो भने त्यसको जोखिममा दुवै नेतृ देखिन्छन् ।

कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने भन्छिन्, ‘रेशमले भ्रम छर्ने कोशिस गरिरहेका छन्, आफूले जितेमा जेलमा भएका कैदीहरुलाई छुटाउने भ्रम सिर्जना गरिरहेका छन् ।’

पक्राउ पर्ने डरले भारतमा बसिरहेकाहरुलाई पनि स्वदेश फर्काउने र जेल परेका २२ जनालाई छुटाउने एजेन्डा रेशमले बनाएका छन् । रेशमले भिडियो रेकर्ड गरेर बस्तीमा पठाउने र प्रोजेक्टरमार्फत् मतदातालाई देखाउने गरिरहेका छन् ।

‘टीकापुरमा जे घटना भएको थियो, त्यसमा नुनचुक नछर्किऔं,’ न्यौपाने भन्छिन्, ‘त्यस घटनामा नेपालीकै धनजनको क्षति भएको छ । र, त्यसलाई नेपाल र नेपालीको आँखाबाटै हेर्नुपर्छ ।’

यो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी थारु मतदाता छन् । ४० प्रतिशतभन्दा कम पहाडी मतदाता छन् । थारु समुदायको मत नलिई कसैले पनि जित्न सक्ने भने देखिँदैन

घटनालगत्तै भारततिर भाग्ने, सरकारले दिएको एक करोड ७४ लाख क्षतिपूर्ति पनि लिने अनि जनताका लागि काम गर्छु भन्दा कसैले नपत्याउने न्यौपानेको मत छ ।

रेशमका पिता लालवीर चौधरी एमालेबाट प्रदेशसभा ‘क’तर्फ उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धा कांग्रेसका जनक चौधरीसँग छ ।

‘केही दलहरुले त्यो घटनासँग एमालेलाई प्रत्यक्ष मुछ्ने गरेको पाइन्छ,’ एमाले उम्मेदवार शाह भन्छिन्, ‘जेलमा रहेका २२ जनालाई छुट्न नदिने एमाले नै भएको भ्रम पारिएको छ, हामीले चिर्नुपर्ने यी दुई विषय हुन् ।’

गरिमाको बुझाइमा जातीय विद्वेषको विपक्षमा रहेको वर्ग सानो छ । र, साम्प्रदायिक भावना फैलाउने वर्ग पनि सानै छ । ‘तर, दोस्रो वर्गले ठूलो संख्यामा रहेको फराकिलो जनमानसलाई भ्रममा पार्ने प्रयास गरिरहेको छ,’ शाह भन्छिन्, ‘त्यो वर्गलाई जसले वास्तविकता बुझाउन सक्छ, पल्ला भारी उसैको हुन्छ ।’

वनगाउँ उत्तरपूर्वका बडघर जितबहादुर चौधरीको बुझाइमा राजपा उम्मेदवार रेशमले राम्रै भोट पाउने सम्भावना देखिएको छ । ‘भित्री समर्थन भएजस्तो लाग्छ, जित्ने सम्भावना नै त देखिँदैन,’ उनी भन्छन्, ‘तर, यो निर्वाचनमा जातीय नभई पार्टीगत राजनीति नै हुने सम्भावना बढी देखिन्छ ।’

निर्णायक थारु र सेन्टिमेन्टल मतदाता

यो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी थारु मतदाता छन् । ४० प्रतिशतभन्दा कम पहाडी मतदाता छन् । थारु समुदायको मत नलिई कसैले पनि जित्न सक्ने भने देखिँदैन ।

सबै दलहरु थारु समुदायमा आफ्ना एजेन्डा लागु गराउने प्रयासमा देखिन्छन् । र, उक्त समुदायलाई रिझाउन लागिपरेका छन् ।

टीकापुरमा थारु र पहाडी समुदाय दुई फ्याक्टर हुन् । पूर्व र पश्चिमको फ्याक्टर पनि छ यहाँ । पहाडका सातवटा जिल्लाबाट झरेका मानिसले आफूलाई खाँट्टी सुदूरपश्चिमेली मान्छन् । कर्णालीबाट यता आएका मानिसले आफूलाई अलग्गै ठान्छन् ।

प्युठानीहरुको संख्या पनि बढी छ यहाँ, जसले आफूलाई अलग्गै समूह ठान्छन् ।

एमाले उम्मेदवार शाह बाजुराकी छोरी र अछामकी भाञ्जी हुन् । टीकापुर क्षेत्रमा अछामबाट झरेको जनसंख्या धेरै छ । त्यताको मत शाहलाई जाने सम्भावना देखिन्छ ।

कर्णाली नदीभन्दा पूर्वबाट आएको जनसंख्याको मत कांग्रेसकी न्यौपानेलाई जाने सम्भावना छ ।

शाहका चुनावी एजेन्डा युवालाई आकर्षित गर्न खेलकुद विकास हो । आर्थिक समृद्धि, टीकापुर क्षेत्रमा स्तरीय अस्पताल, कनेक्टिभिटीलगायत उनका एजेन्डा छन् ।

कांग्रेसकी न्यौपानेले पनि आर्थिक विकास र समृद्धिकै एजेन्डा अगाडि सारेकी छन् ।

अछाम सेन्टिमेन्टका मतदाताले प्रदेशसभा ‘ख’मा कांग्रेसका रणबहादुर रावललाई मत दिने सम्भावना बलियो छ । प्रदेशसभा ‘क’मा थारु बाहुल्य क्षेत्र भएकाले कांग्रेसका जनक चौधरीको पल्ला भारी देखिन्छ ।

अछाम सेन्टिमेन्टको मत एमालेकी शाहलाई खस्ने सम्भावनाका कारण न्यौपाने कमजोर रहेको आकलन पनि छ स्थानीय स्तरमा । तर, उनी र रावल दुवै पार्टीमा समस्या नरहेकाले मत बाँडिने सम्भावना नरहेको बताउँछन् ।

कांग्रेसले लोकतान्त्रिक फोरमसँग एकता गरेकाले राम्रो भोट पाउँछ । एमाले र माओवादी पनि बलिया शक्ति हुन् । त्यसैले कडा प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ ।

उक्त पार्टीबाट आएका अधिकांश नेता, कार्यकर्ता र मतदाता पहिले कांग्रेस नै थिए । त्यसैले पार्टी एकीकरण हुँदाको लाभ पनि देखिन्छ, न्यौपानेलाई ।

तथापि, थारु मतदाताको मत राजपातिर गयो भने न्यौपानेको अवस्था जोखिमपूर्ण देखिन्छ । त्यस्तो हुन नदिन कांग्रेस कार्यकर्ताले रेशमले जित्दा केही उपलब्धि हासिल नहुने र जेलमा रहेकाहरु नछुट्ने बताउँदै थारु मतदाताको विश्वास जित्ने प्रयास गरिरहेको पाइन्छ ।

प्राध्यापक कीर्तिसिंह बम कैलाली-१ मा कडा प्रतिस्पर्धा रहेको ठान्छन् । संविधान कार्यान्वयन र समृद्धि हासिल गर्ने मुद्दामा कांग्रेस र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा रहेको उनी बताउँछन् ।

सन्तुलन मिलाएर उम्मेदवारी दिएकाले कांग्रेसको अवस्था राम्रो रहेको बमको ठम्याइ छ । उक्त पार्टीले समानुपातिकबाट उमादेवी वादीलाई पनि उम्मेदवार बनाएको छ ।

एमाले उम्मेदवार शाह पनि कमजोर उम्मेदवार नभएको प्राध्यापक बम बताउँछन् । संघीय समाजवादी फोरमबाट भगतराम चौधरी प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । उनले पनि सेन्टिमेन्टल मत काट्ने सम्भावना रहेको बमको विश्लेषण छ ।

शिक्षक शम्भुराज भट्टराई भने वाम गठबन्धनको अवस्था बलियो देख्छन् । तर, झिनो मतान्तरले जितहार हुने उनी बताउँछन् ।

वाम गठबन्धनको विरोध गर्दै गर्दा लोकतान्त्रिक गठबन्धनलाई असर पुगिरहेको उनी बताउँछन् । तर, कांग्रेस र एमालेमा मत क्रस गर्न उक्साउने तिनै पार्टीका कार्यकर्ता देखिएको उनको विश्लेषण छ ।

टीकापुर बजारमा कांग्रेसलाई पहिलो पार्टी मानिन्छ । त्यसपछि एमालेको स्थान आउँछ ।

थारु सेन्टिमेन्टको मत राजपातिर गयो भने वाम गठबन्धन संकटमा पर्ने उनी बताउँछन् । ‘तर, गाउँमा घर-घरमा सक्कली छाता राखिएको हेर्दा कांग्रेसको मत पनि प्रभावित बन्ने जोखिम देखिन्छ,’ उनी भन्छन् ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१६ मंसिर २०७४, शनिबार ११:३८
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१६ मंसिर २०७४, शनिबार ११:३८
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१६ मंसिर २०७४, शनिबार ११:३८
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१६ मंसिर २०७४, शनिबार ११:३८
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१६ मंसिर २०७४, शनिबार ११:३८
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१६ मंसिर २०७४, शनिबार ११:३८
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१६ मंसिर २०७४, शनिबार ११:३८

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१६ मंसिर २०७४, शनिबार ११:३८
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१६ मंसिर २०७४, शनिबार ११:३८
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१६ मंसिर २०७४, शनिबार ११:३८
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?