मंसिर ४, २०७४-काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन् । उनका छोरा सन्तोष भने रोल्पास्थित जिल्ला प्रहरीको हिरासतमा छन् । बाबु र छोराबीच संवाद हुन पाएको छैन । छोरा पक्राउबारे बाबुले अहिलेसम्म सोधखोज गरेका छैनन् । पूर्वसांसदले छोरालाई न फोन गरेका छन्, न त भेट्नै आए ।
‘मलाई पक्राउ गरेपछि बुबाले कुनै वास्ता गर्नुभएको छैन । फोनसमेत गर्नुभएन,’ गत कात्तिक २२ मा जिल्लाको मिझिङबाट पक्राउ परेका सन्तोषले भने, ‘बाउछोराबीच वैचारिक भिन्नता भए पनि पारिवारिक सम्बन्ध त छँदै छ नि । म उहाँको छोरा हुँ ।’ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले सन्तोषसहित दलबहादुर खत्री (जागृति) लाई पनि पक्राउ गरेको थियो । सुवेदीका छोरा सन्तोष नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का
रोल्पा सचिव हुन् । खत्री जिल्ला इन्चार्ज हुन् । अलगअलग स्थानबाट पक्राउ गरिएका उनीहरूलाई हिरासतमा भने एउटै कोठामा राखिएको छ । उनीहरूलाई काठको फल्याक बिछ्याइएको र घाम नपस्ने भुइँतलामा राखिएको छ ।