बर्दिबास : ज्याकेटमा लागूऔषध लुकाएर ल्याउँदै गरेका एक युवा महोत्तरीको बर्दिबास नगरपालिका ८ मिलन चोकबाट पक्राउ परेका छन्। सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिष श्रेष्ठ लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले बताए।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा उनलाई फक्राउ गरेको हो। बा४३प १६८४ नम्बरको मोटरसाइकलमा सवार भई औरहीबाट बर्दिबास आउने क्रममा प्रतिबन्धित लागूऔषधसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
श्रेष्ठको साथबाट लागूऔषध नाइट्रोसन ९० वटा ट्याबलेट, स्पास्मोप्रोक्सिभन ५६ वटा ट्याबलेट बरामद भएको छ। उनीमाथि लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।