काठमाडौँ । छातिमा समस्या देखिएपछि डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।
उनलाई आज बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी कक्षमा भर्ना गरिएको स्रोतले जनाएको छ। छातिमा अत्यधिक दुखाई बढेपछि उनलाई आज बिहान ४ बजे तिर अस्पताल पुर्याइएको थियो।
चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा केसी १५ पटकसम्म अनसन बसिसकेका छन्। लामो अनसनका कारण पहिले पनि उनको छातिमा समस्या देखिएको थियो।