• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

चुनावी आकलन : कसले कति सिट जित्लान्?

१४ मंसिर २०७४, बिहीबार १२:५२
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१४ मंसिर २०७४, बिहीबार १२:५२
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१४ मंसिर २०७४, बिहीबार १२:५२
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१४ मंसिर २०७४, बिहीबार १२:५२
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१४ मंसिर २०७४, बिहीबार १२:५२
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१४ मंसिर २०७४, बिहीबार १२:५२

उपचुनावको परिणामले दिएको सन्देश !

१४ मंसिर २०७४, बिहीबार १२:५२
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१४ मंसिर २०७४, बिहीबार १२:५२

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१४ मंसिर २०७४, बिहीबार १२:५२
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१४ मंसिर २०७४, बिहीबार १२:५२
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१४ मंसिर २०७४, बिहीबार १२:५२
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१४ मंसिर २०७४, बिहीबार १२:५२
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१४ मंसिर २०७४, बिहीबार १२:५२
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

चुनावी आकलन : कसले कति सिट जित्लान्?

by NewsDesk
१४ मंसिर २०७४, बिहीबार १२:५२
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– निर्वाचनको मिति जति–जति नजिकिँदै छ, उम्मेदवार र दलहरुले प्रचारप्रसारलाई झन् आक्रामक बनाइरहेका छन्। भर्खरै सम्पन्न स्थानीय तह र विगत संविधानसभा निर्वाचनमा ठूला दरिएका दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन्।

संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धन बनाएका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हल बाँधेर चुनावी प्रचारमा छन्। उनीहरुले एकै दिन ३/४ ठाउँसम्म सम्बोधन गरिरहेका छन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री शशांक कोइरालालगायत नेताको दौडाहा पनि ओली–प्रचण्डको भन्दा कम छैन। निर्वाचनको तापक्रम बढ्दै जाँदा कुन दलले कति सिट प्राप्त गर्लान्? कसको हैसियत कस्तो होला? कुन–कुन घघडान नेताहरु पछारिएलान्? पत्याउँदै नपत्याइएकाहरु को–को संसदमा छिर्लान्? पार्टी स्वयंको निर्वाचन परिचालन कमिटी, गुप्तचर निकाय, सुरक्षा निकाय, स्वतन्त्र संयन्त्र, पत्रकारहरुले सर्वेक्षण–आकलन सुरु गरेका छन्।

आ–आफ्नो निर्वाचन परिचालन कमिटीले निकालेको सर्वेक्षण अनुसार थप मिहिनेत गर्नुपर्ने क्षेत्रमा दलका नेता–कार्यकर्ता–उम्मेदवारहरु जित पोल्टामा पार्न ‘पापड’ पेलिरहेका छन्।

पहिलो चरणको निर्वाचनको मतदान हुन एक साता पनि बाँकी छैन। पहिलो चरणमा मंसिर १० गते ३२ वटा जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा मतदान हुँदै छ। दोस्रो चरणमा मंसिर २१ गते बाँकी निर्वाचन क्षेत्रमा मतदान हुनेछ। यही मतदानबाट धेरै उम्मेदवारको ५ वर्षको ‘भाग्य’ कोरिनेछ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले आफूले कहाँ–कहाँ कति सिट जित हात पर्छ, मोटामोटी आँकडा निकालेका छन्? नेपाल लाइभलाई प्राप्त त्यो आँकडामा दलहरु स्वयं शत प्रतिशत विश्वस्त भने छैनन्। जित सुनिश्चित भइसकेका केही क्षेत्रमा रातारात माहौल बदलिएर हार हुन सक्ने तथा हारको सूचीमा परेका स्थानमा जित हात पार्न सक्ने विवरण संकलनमा संलग्न नेताहरु बताउँछन्। नेकपा एमाले निर्वाचन परिचालिन कमिटीका एक नेता भन्छन्, ‘हामीले गरेको सर्वेक्षणमा २/४ सिट तलमाथि हुन सक्छ। तर, ठूलो तलमाथि चाहिँ हुँदैन।’

कांग्रेस, माओवादी केन्द्रका नेताको भनाइ पनि एमाले नेतासँगै मिल्छ।

भर्खरै विघटित संसदको तेस्रो दल माओवादी केन्द्रको आँकडाबाट उनीहरुको अवस्था नियालौं। कात्तिक २७ गते आफ्नो निर्वाचन क्षेत्र चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४० सिट जित्ने दाबी गरे। संविधान अनुसार अब निर्वाचित भएर आउने प्रतिनिधिसभा सदस्यको संख्या १ सय ६५ हुनेछ। ०६४ र ०७० को निर्वाचनमा प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्र थिए। जसमा ०६४ को निर्वाचनमा माओवादीले १ सय २० र ०७० मा २६ सिटमा जित हात पारेको थियो। २ सय ४० सिटको प्रत्यक्षमध्ये पछिल्लो निर्वाचनमा २६ सिटमा खुम्चिएको माओवादीले विगतको संख्या घटेर १ सय ६५ हु“दा ४० स्थानमा जित्ने आधार एमालेसँगको तालमेललाई बनाएको छ। १ सय ६५ निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्रले ५९ स्थानमा उम्मेदवारी दिएको छ।

प्रचण्डको दाबी अनुसार नै माओवादी केन्द्रले जित्ला त? माओवादी केन्द्रका निर्वाचन परिचालन कमिटीका एक सदस्यका भनाइमा ४० सिट जितिन्छ भनेर अध्यक्ष प्रचण्डले तुरुप फालिदिएका हुन्। खासमा माओवादीले २९ देखि ३२ सिट जित्ने हिसाब निकालेको छ। माओवादीको जित सुनिश्चित भएको क्षेत्र भने ३ वटा मात्र छन्। रुकुम पूर्व–पश्चिम र रोल्पामा कसैले सहयोग नगरे पनि जित्न सकिने ती नेता बताउँछन्।

रुकुममा जनार्दन शर्मा र कमला रोका तथा रोल्पामा वर्षमान पुन उम्मेदवार छन्। यस बाहेकका स्थानमा जित हात पार्न माओवादीलाई एमालेको ठूलो सहयोग चाहिन्छ। जस्तो कि माओवादीले जाजरकोटलाई जितको सूचीमा राखेको छ। तर, स्थानीय तहको निर्वाचनलाई आधार मान्दा माओवादीको मत तेस्रो र एमालेको पहिलो छ। त्यहाँ एमालेले आफ्नो सम्पूर्ण शक्ति नलगाउने हो भने माओवादीले जित हात पार्न कठिन छ।

वाम गठबन्धनको तालमेलमा एमालेले टिकट पाएको स्थानमा अपवाद बाहेक माओवादीका ४० देखि ५० प्रतिशत मतदाताले मत खसालिदिए सहजै जित हात पार्ने देखिन्छ। तर, माओवादीले टिकट पाएका ठाउँमा एमाले मतदाताले माओवादीलाई जिताउन न्यूनतम ६० देखि सय प्रतिशत नै मत खसाइदिनु पर्छ। ४० देखि ७० प्रतिशतसम्म मतदाताले आफूले मानेको पार्टीका नेता–कार्यकर्ताले भनेकै ठाउँमा मत खसालिदिन सक्छन्। तर, सयका सय प्रतिशत खस्न सक्दैन। त्यसैले एमाले मतदाताले जति प्रतिशत बढी मत खसाइदिन्छन्, माओवादीको जित त्यति नै बढी स्थानमा हुन्छ।

तालमेलबाट एमालेले स्वतन्त्रसहित १ सय ६ सिटमा आफ्ना उम्मेदवार उठाएको छ। त्यस पार्टीका एक पोलिटब्युरो सदस्यका भनाइमा एमाले उम्मेदवारमध्ये ९० प्रतिशतले जित हात पार्नेछन्। एमालेले प्रत्यक्षतर्फ आफूले ९० सिट हात पर्ने आकलन गरेको छ। ती पोलिटब्युरो सदस्यका अनुसार, सहज प्रतिस्पर्धामै एमाले ४८ सिट हात पार्नेछ।

त्यसरी जित्नेमा केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीमबहादुर रावल, सुवास नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, राजेन्द्र राई (धनकुटा), विशाल भट्टराई, मञ्जु चौधरी, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, ईश्वर पोखरेल, रामवीर मानन्धर, सुरेन्द्र पाण्डे, रविन्द्र अधिकारीलगायत आफ्ना सबै शीर्ष र लोकप्रिय नेताहरु रहेको एमालेको निचोड छ।

‘९० सिट मोटामोटी आकलन हो। त्यति नै नजिते पनि प्रत्यक्षमा हाम्रो ८० सिट घट्दैन’, एमालेका ती पोलिटब्युरो सदस्य भन्छन् ‘प्रत्यक्ष र समानुपातिक दुवै गरी एमाले एक्लै बहुमत वा त्यो नभए पनि त्यसको नजिक–नजिक पुग्छ भन्ने हाम्रो आकलन छ।’

विघटित संविधानसभाको पहिलो र स्थानीय तह निर्वाचनबाट दोस्रो बनेको नेपाली कांग्रेसको सर्वेक्षण चाहिँ कस्तो छ त? कातिक २२ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा चुनाव प्रचारप्रसार समिति घोषणा गर्दै निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले न्यूनतम ८० सिट जित्ने दाबी सार्वजनिक गरे।

खाँणको भनाइ थियो, ‘यो निर्वाचनमा सबैले सोचेको भन्दा पृथक् परिणाम आउँछ र कांग्रेसले पूर्ण बहुमतका साथ विजय प्राप्त गर्छ।’ खाँणले थपेका थिए, ‘आजको मिति सम्झना गर्नुस्, मेरो आवाज रेकर्ड गर्नुस्। बहुमत आएन भने चुनाव सकिएपछि म त्यसको जवाफ दिउँला।’

स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने रसुवा र मुस्ताङमा मात्र कांग्रेसको जित सुनिश्चित देखिन्छ। वाम गठबन्धनले एकले अर्कालाई धोका नदिई मत खसाले कांग्रेसलाई सा“च्चिकै अप्ठ्यारो छ।

तर पनि नेपाली कांग्रेसका लागि ढुक्क के छ भने गठबन्धन गर्दैमा विगतमा एमाले–माओवादीलाई मत खसालेका सर्वसाधारणले एकछापे मत उनीहरुलाई नै हाल्छन् भन्ने छैन। नेता–कार्यकर्ताबीच गठबन्धन भए पनि मतदाताहरु स्वविवेकले मत खसाल्न स्वतन्त्र छन्। कांग्रेस त्यस्ता मतदाताहरुले आफूलाई मत खसाल्छन् भन्ने विश्वासमा छ। खाँणले आफ्नो पार्टीले प्रत्यक्षमै ८० सिट जित्ने दाबी गरे पनि त्यो उनको फन्डा मात्र भएको निर्वाचन परिचालन समितिमा रहेका कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन्। उनका अनुसार, कांग्रेसले ७० देखि ७२ सिट जित्न सक्छ। पार्टीका तर्फबाट मात्र नभएर स्वतन्त्र निकायहरुले गरेका प्रक्षेपणलाई समेत आधार मानेर ७०–७२ सिट जितिने आँकडा निकालेको ती नेताको भनाइ छ।

उनका अनुसार, प्रदेश १ बाट सुनिल शर्मा, महेश आचार्य, शेखर कोइराला, नारायण खड्का, रामहरि खतिवडा, बलबहादुर केसी, दीपक खड्काको जित सुनिश्चित छ। डीकबहादुर लिम्बू, विश्वप्रकाश शर्मा, कृष्ण सिटौला, भीष्मराज आङदेम्बे, नारायणबहादुर कार्की जितको नजिक रहेको र प्रदेश २ बाट १२ जनाको जित निश्चित देखिएको उनीहरुको दाबी छ। जित्ने मानिएकामा विमलेन्द्र निधि, विजयकुमार गच्छेदार, आनन्द ढुंगाना, दिनेश यादव, शम्भुलाल श्रेष्ठ लगायत हुन्।

प्रदेश ३ को काठमाडौंमा प्रकाशमान सिंह, गगन थापा, भीमसेनदास प्रधान, नविन्द्रराज जोशी र राजन केसीले पक्कापक्की जित्ने कांग्रेसको सर्वेक्षण छ। यस प्रदेशबाट प्रतिनिधिसभाका ३३ सिटमध्ये १२ देखि १४ स्थानमा जित्ने कांग्रेसको योजना छ।

प्रदेश ४ मा ८ देखि १०, ५ मा १० देखि १२ सिट जित्ने कांग्रेसको अनुमान छ। यस्तै, प्रदेश ६ मा हस्तबहादुर मल्ल, पूर्णबहादुर खड्काको जित पक्का रहेको र त्यहा“ ६ देखि ७ सिट जित्ने अनुमान गरिएको छ।

प्रदेश ७ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र हो। यहाँ देउवाका साथै उनकी श्रीमती आरजु राणा, रामजनम चौधरी, वीरबहादुर बलायर, रमेश लेखक, एनपी साउदको जित निश्चित भइसकेको कांग्रेस प्रचारप्रसार समितिमा रहेका अर्का एक केन्द्रीय सदस्य दाबी गर्छन्।

उनी भन्छन्, ‘७०/७२ सिटमा जितिन्छ भन्ने हाम्रो मोटामोटी आकलन छ। त्यति जितिएन भने पनि प्रत्यक्षमा ६५ सिट घट्दैन।’

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एमालेले ९०, कांग्रेसले ८० र माओवादी केन्द्रले ४० सिट जित्ने औपचारिक दाबीलाई पत्याउने हो भने २ सय १० सिट हुन्छ। जबकि संघीय संसदमा १ सय ६५ सिट मात्र छ।

यसबाहेक मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा)को दाबी पनि आफ्नो स्थानमा कम छैन। यी दुई दलको मधेसमा अन्य दलहरुलाई ढिम्किनै नदिने योजना छ। त्यसैका लागि उनीहरुले गठबन्धन गरेका छन्। उनीहरु पनि प्रत्यक्षमा ३० हाराहारीको सिट जित्नेमा ढुक्क देखिन्छन्।

त्यसैले कसले कति जित्लान्? अहिलेको आकलन गलत पनि हुन सक्छ। किनकि यस्तै गडबडी ०६४ को निर्वाचनमा पनि भएको थियो। यस पटकको फरक चाहिँ के भने वाम गठबन्धन हाबी भएमा कांग्रेसको जित खुम्चिन सक्छ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१४ मंसिर २०७४, बिहीबार १२:५२
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१४ मंसिर २०७४, बिहीबार १२:५२
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१४ मंसिर २०७४, बिहीबार १२:५२
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१४ मंसिर २०७४, बिहीबार १२:५२
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१४ मंसिर २०७४, बिहीबार १२:५२
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१४ मंसिर २०७४, बिहीबार १२:५२
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१४ मंसिर २०७४, बिहीबार १२:५२

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१४ मंसिर २०७४, बिहीबार १२:५२
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१४ मंसिर २०७४, बिहीबार १२:५२
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१४ मंसिर २०७४, बिहीबार १२:५२
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?