नुवाकोट : व्यापक चिसो र वाक्लो हुस्सुको पर्वाह नगरी नुवाकोट र रसुवाका मतदाताले उत्साहपूर्वक मतदान गरिहेका छन्। उत्साह बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका विधयाक चुन्नका लागि यहाँका मतदाताहरु चिसोलाई चुनौती दिँदै बिहानैदेखि उत्साहपूर्वक मतदान केन्द्र पुगेर आफ्ना उम्मेदवारलाई मत खसालिरहेका छन्।
Voting-Nuwakot-(5)
नुवाकोटको उच्च भेग ककनी, घ्याङफेदी, शिखरवेशी, शिवपुरीलगायतका स्थान र रसुवाको लाङटाङको मौसम निकै चिसो रहेको बताइएको छ। केहि मतदान केन्द्रमा भने समानुपातिक उम्मेदवारको एजेन्टका विषयमा विवाद भएका कारण मतदान सुरु हनु ढिलाइ भएको थियो। नुवाकोटका २६० र रसुवाका ४५ मतदान केन्द्रमा मतदान भइरहको छ।
मतदाताहरुले उत्साहपूर्वक मतदान गरिरहेको नुवाकोटका निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी बताए।