• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

गोविन्द केसीलाई अदालतमा सोधिएको प्रश्न र केसीको जवाफ यस्ता थिए

२६ पुष २०७४, बुधबार १२:२७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२६ पुष २०७४, बुधबार १२:२७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२६ पुष २०७४, बुधबार १२:२७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२६ पुष २०७४, बुधबार १२:२७
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२६ पुष २०७४, बुधबार १२:२७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२६ पुष २०७४, बुधबार १२:२७

उपचुनावको परिणामले दिएको सन्देश !

२६ पुष २०७४, बुधबार १२:२७
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२६ पुष २०७४, बुधबार १२:२७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२६ पुष २०७४, बुधबार १२:२७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२६ पुष २०७४, बुधबार १२:२७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२६ पुष २०७४, बुधबार १२:२७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२६ पुष २०७४, बुधबार १२:२७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२६ पुष २०७४, बुधबार १२:२७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

गोविन्द केसीलाई अदालतमा सोधिएको प्रश्न र केसीको जवाफ यस्ता थिए

by NewsDesk
२६ पुष २०७४, बुधबार १२:२७
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आज सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लिएको डा केसीको वयानका क्रममा चलेको सवाल जवाफयस्तो छः

सवाल १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेशा व्यवसाय खुलाई दिनुहोस् ?

जवाफः मेरो हजुरवुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा: गोविन्द केसी हो । पेशाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ ।

सवाल २ः हजुरको स्वास्थ्य स्थिति के कस्तो छ ? कुनै शारीरिक र मानसिक रोग छ छैन ? आज इजलाससमक्ष वयान दिन सक्नुहुन्छ या हुँदैन ?

जवाफः म हिजोदखि अनसनमा रहेको हुँदा मुटुको धड्कनमा आफूलाई महसुस हुने बढेको छ । छाती दुखेको छ । अरु कुनै शारीरिक र मानसिक रोग छैन । वयान दिन सक्छु ।

सवाल ३ः तपाई आज यस सर्वोच्च अदालतमा किन उपस्थित हुनु भएको हो ?

जवाफः मलाई पक्राउ गरेर उपस्थित गराइएको छ । कुन कानुनअन्तर्गत के अपराधमा पक्राउ गरेर ल्याइएको हो मलाई थाहा दिइएको छैन र पनि तपाईले सोधेको प्रश्नको जवाफ दिन तयार छु ।

सवाल ४ः हजुरले आफ्नो कुनै कानुन व्यवसायी यस मुद्दामा राख्नु भएको छ छैन ?

जवाफः छ

सवाल ५ः यस प्रतिवेदनमा पेश भएको समाचार सामाग्री तथा प्रेस विज्ञप्ति देखाई सोधिन्छ, यो व्यहोरा तपाईको हो होइन रु तपाईले भन्नुभएको कुरा अशिष्ट, अमर्यादित र अदालतको अवहेलनाजनक हो भन्ने तपाईलाई लाग्छ लाग्दैन ? बताई दिनुहोस् ।

जवाफः अनलाइन र सेतोपाटीलगायतका खबर पत्रिकाका बारेमा म भन्न सक्दिनँ र प्रेस विज्ञप्ति मिति २०७४।९।२४ मा मैले नै प्रेषित गरेको हो । यो विज्ञप्ति अदालतको अवहेलना हुनेगरी अशिष्ट, अमर्यादित तवरले प्रकाशित गरेको होइन । अदालतप्रति सम्मान छ । अदालतको अवहेलना गरेजस्तो मलाई लाग्दैन ।

सवाल ६ः तपाईले के कति आधार र कारणबाट यस्तो अभिव्यक्ति दिनुभएको हो ?

जवाफः श्री सर्वोच्च अदालतका समान्नित प्रधानन्यायाधीश श्री गोपालप्रसाद पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरुले न्यायको मानमर्दन भएकाले मैले प्रेस विज्ञप्ति प्रकाशित गरेको हुँ ।

सवाल ७ः तपाईले सवाल ६ को जवाफमा सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरुले न्यायालयको मानमर्दन भएको भन्नुभयो । यसको पुष्टि गर्ने आधारहरु केही छ ? खुलाई दिनुहोस् ।

जवाफः यसमा मैले भन्नुपर्दा प्रेस विज्ञप्तिमा पाना ४० उल्लेख भएका मुद्दाहरु नै मेरा आधार र कारण प्रष्ट्याउन पर्याप्त छन् । सो का अलावा पाना २ को मिति २०७४।९।२५ को दस्तावेजको विवरण पेश गरेको छु, त्यसले वास्तविकता प्रष्ट्याउनेछ । अनलाइनबाट प्राप्त ३ प्रति नागरिकता समेतको प्रतिलिपि पेश गरेको छु । सोलाई आधार मानी पाउँ । सो नागरिकता सम्माननीय प्रधानन्यायधीशको हो ।

सवाल ८: अदालतले संविधान कानून र न्यायका मान्य सिद्धान्त अनुसार न्याय सम्पादन गर्दछ भन्ने तपाईलाई थाहा छ छैन ? अदालतको आदेश फैसलाप्रति घृणा सिर्जना गर्ने अभिव्यक्तिले अदालतको अवहेलना हुने र सजायँ समेत हुन्छ भन्ने तपाईलाई थाहा छ छैन ? खुलाई दिनुहोस् ।

जवाफः अदालतको अवहेलनामा सजायँ हुन्छ भन्ने विषयमा मलाई थाहा छ । सही न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु । अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन ।

सवाल ९ः तपाईले आफ्नो प्रेस विज्ञप्तिमा भ्रष्ट र माफिया प्रधानन्यायधीश भनी उल्लेख गर्नुभएको छ । यो अदालतप्रति घृणा सिर्जना गर्ने र अदालतको अवहेलना हुनेखालको हैन र ? हजुरको यस्ता शब्दले अदालतको सम्मान हुन्छ ?

जवाफः यसको जवाफका लागि आधार र कारणसहित कागजात सावाल ७ मा पेश गरेको छु । त्यसैलाई आधार मानी पाऊँ । गलत निर्णय र कार्य गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना होइन सम्मान मिल्छ ।

सवाल १०ः तपाईले अदालतको आदेश र फैसलाप्रति चित्त नबुझे मर्यादित ढंगले असहमति व्यक्त गर्न सकिने अवस्थामा अदालतप्रति जनमानसमा भ्रम पर्ने गरी अशिष्ट र लाञ्छनायुक्त अभिव्यक्ति प्रकट गर्नुका कारण के हो र? प्रष्ट पार्नु हुन्छ कि ?

जवाफः मैले अदालतप्रति सम्मान व्यक्त गर्दछु । मैले पेश गरेको प्रकरण ७ अर्थात जवाफमा पेश गरेका कागजात नै पर्याप्त छ, मैले भावननाले बगेर बोलेको होइन । मेरो प्रयासले अदालत र जनमानसमा राम्रो प्रभाव परोस् भनी भनेको हुन्छ । अशिष्ट र लाञ्छनायुक्त छैन ।

सवाल ११ः तपाई नागरिक समाजको अगुवा भन्नुहुन्छ । अदालतको आदेश वा फैसलाउपर पुनरावेदन, पुनरावलोकन गराउनेतर्फ तपाईले के गर्नुभयो रु के तपाईले सम्बन्धित निकायमा अनुरोध गर्नुभयो ?

जवाफः म नागरिक समाजको अगुवा भनेर कहिले पनि भनेको छैन । म सामान्य सचेत नागरिक हुँ । म मुद्दाको पक्ष विपक्ष नभएकाले पुनरावेदन र पुनरावलोकन लगायतका कानूनी प्रक्रियामा जाने कुरा भएन । सचेत नागरिक भएकाले स्वस्थ्य आलोचना मात्र गरी अदालत लगायत समाज घच्घच्याएको हुँ ।

सवाल १२ः के तपाईको चाहना अदालतको मुद्दामा तपाईले नै भनेवमोजिम फैसला हुनुपर्छ भन्ने हो ? होइन भने सर्वोच्च अदालतको आदेश फैसलाप्रति किन असहिष्णु हुनुभएको हो रु खुलाई दिनोस् ।

जवाफः न्याय सम्पादन राम्रो हुनुपर्दछ । न्याय सबैले पाउनुपर्दछ । मेरो पक्षमा मात्र फैसला हुनुपर्दछ भनी मैले भन्न खोजेको होइन । न्यायमा विकृतिहरु भित्रिएको देखेर शुद्धीकरणको लागि बोलेको हुँ । सही फैसला आएको भए आलोचना गर्नुपर्ने थिएन । फैसलाको आलोचना गर्नु अदालतको अवहेलना होइन ।

सवाल १३ः मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिरहेको न्यायपालिका विरुद्ध अमुख मुद्दामा भएको आदेशका कारण अनर्गल अभिव्यक्ति दिनु हुँदैन भन्ने दायित्ववोध तपाईलाई छ छैन ?

जवाफ: मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै यो मेरो प्रयास हो । मैले दिएका अभिव्यक्ति अनर्गल होइन । तीन करोड नेपालीलाई प्रत्यक्ष असर पर्नेगरी संविधानप्रदत्त स्वस्थ्य रहेर जिउन पाउने नैसर्गिक अधिकारमा हनन हुने फैसला भएकाले मैले सबैलाई सचेत गराउन खोजेको मात्र हुँ । मैले न्यायपालिकाविरुद्ध बोलेको होइन । लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिव्यक्ति हो र सचेत नागरिकको दायित्व पनि हो ।

सवाल १४ः यस सवाल १ देखि १४ सम्म पढीबाची सुनाइन्छ कि यसविषयमा तपाईको अरु भन्नु केही छ कि ?

जवाफः मेडिकल कलेज सम्बन्धी सुधारको लागि मैले विगत डेढ दशकदेखि गर्दै आएको प्रयास हो । स्वास्थ्य र चिकित्सा क्षेत्रका लागि आन्दोलन जारी राखेको छु । स्वास्थ्य र चिकित्सा मा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाहरुले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखी मैले प्रेस विज्ञप्तिसमेत निकाली अनसन बस्नु परेको हो । यो वयानको क्रममा समेत अनसनमा छु ।

मलाई सुधारको प्रयास गर्दा गर्दै यसरी एक्कासी प्रहरीको सहयोग लिई अदालत समय वयानका लागि ल्याइएको छ । यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति विसंगति आई ३ करोड नेपालीको स्वास्थ्य र जीउधनप्रति खेलबाड भइरहेकाले यस्तो आदेश गर्ने न्यायाधीशविरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो, न्यायलयविरुद्ध होइन ।

गरिमामय पदमा रहेको प्रधानन्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिन सक्ने न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निश्पक्ष ढंगले सञ्चालन गर्नुपर्ने आर्दशवादी, अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकतासम्वन्धी विवाद, चूडामणिसम्वन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्वन्धी लगायतका क्रियाकलाप गर्दा न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारणले निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारवाही हुनुपर्ने हो । म उपर लगाएको आरोप झुठ्ठा हो । मैले अदालतको अवहेलना गरेको छैन । निज सम्माननीय प्रधानन्ययाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याई कारवाही गरी न्यायालयको गरिमाको वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
२६ पुष २०७४, बुधबार १२:२७
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
२६ पुष २०७४, बुधबार १२:२७
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
२६ पुष २०७४, बुधबार १२:२७
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
२६ पुष २०७४, बुधबार १२:२७
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२६ पुष २०७४, बुधबार १२:२७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२६ पुष २०७४, बुधबार १२:२७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२६ पुष २०७४, बुधबार १२:२७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२६ पुष २०७४, बुधबार १२:२७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२६ पुष २०७४, बुधबार १२:२७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२६ पुष २०७४, बुधबार १२:२७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?